×

NEPAL TIMES UPDATES

Playing
सवारी इन्धनका नाममा ब्रम्हलुट,खरानी भएका गाडीका नाममा इन्धन लिए|| Nepal Times
Apr 28, 2026
Playing
काँधमा दिदीको कंकाल बोकेर बैंक पुगे भाइ, ओडिशामा बबाल || Nepal Times
Apr 28, 2026
Playing
१४ जिल्लामा घरदैलोमै राहदानी र लाइसेन्स वितरण सुरु|| Nepal Times
Apr 28, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-15-2083 || Nepal Times
Apr 28, 2026
Playing
ओलीको ड्रिम प्रोजेक्ट बालेनले पूरा गर्नुपर्ने,दैलेखको ग्यास उत्खनन कहाँ रोकियो ?|| Nepal Times
Apr 28, 2026
Playing
होर्मुज संकटले बदल्दैछ एशियाको समीकरण, पुटिनको प्रभाव बढ्दो, ट्रम्प के गर्लान् ? || Nepal Times
Apr 28, 2026
Playing
बालेनको अध्यादेशमा एमाले–कांग्रेसको आपत्ति, अनुकूलको प्रधानन्यायाधीश नियुक्त गर्ने शंका Nepal Times
Apr 28, 2026
Playing
नाम दर्ता गर्ने सुकुम्बासी परिवार एक हजार नाघे || Nepal Times
Apr 28, 2026
Playing
Balenलाई भारत भ्रमण गराउन किन लालायित छन् Modi ? || Nepal Times
Apr 28, 2026
Playing
ओली र प्रचण्डकै नियतिमा बालेनः संवैधानिक परिषद्मा अल्पमतमा || Nepal Times
Apr 28, 2026

बाइडेनको प्राथमिकता कोरोना भाइरस नियन्त्रण

९ माघ, एजेन्सी ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरस नियन्त्रणलाई प्राथमिकतामा राखेका छन् ।

भाइरस नियन्त्रणका लागि बाइडेनले १० वटा कार्यकारी आदेशमा हस्ताक्षर गर्ने जनाइएको छ ।  भाइरसविरुद्धको खोप द्रुतगतिमा दिइने, परीक्षण दायरा बढाइने तथा मास्कलगायत अत्यावश्यक सामग्रीको उत्पादन बढाइने आदेशमा उल्लेख छ ।

Advertisement
Advertisement

त्यसैगरी, भाइरस नियन्त्रणका लागि राष्ट्रियस्तरको रणनीति तय गरिने पनि बाइडेनको योजना छ । निवर्तमान राष्ट्रपति ट्रम्पको भाइरसविरुद्धको रणनीति तय गर्न राज्यहरूलाई अधिकार दिएका थिए ।

महामारी नियन्त्रणका लागि ठोस कदम नचालको भन्दै उनको व्यापक आलोचना भएको थियो । बिहीबार साँझसम्म अमेरिकामा कोरोना भाइरसको महामारीका कारण ४ लाख ६ हजार जनाले ज्यान गुमाइसकेका छन् । संक्रमितको संख्या २ करोड ४५ लाख पुग्नै लागेको छ ।

राष्ट्रपति बाइडेनको कोरोना भाइरस कार्यदलका संयोजक जेफ जायन्ट्सले ट्रम्प कार्यकालमा संघीय स्तरमा भाइरसविरुद्धको कुनै रणनीति नरहेको तथा विस्तृत योजनाको अभाव भएको बताए । ‘बाइडेनले कार्यभार सम्हालेसँगै त्यो सबै परिवर्तन भएको छ,’ उनले भने ।

त्यसैगरी, खोपको प्रभावकारी वितरण तथा भरपर्दो परीक्षणका लागि बाइडेन प्रशासनले ७ बुँदे योजना सार्वजनिक गरेको छ । अप्रिल अन्त्यसम्ममा १० करोड जनालाई खोप दिइसकिने जनाइएको छ । त्यस्तै एक सय दिनभित्रमा विद्यालयहरूमा पठनपाठन सुरु गरिने योजना छ ।

देशभका संघीय परिसर तथा अन्तर–राज्य यात्रामा मास्क अनिवार्य गराइने भएको छ । तर यो आदेशपछि पनि विगतमा मास्क अनिवार्य गर्न अन्कनाएका विभिन्न राज्यका गभर्नरहरूले उनको भनाइ पछ्याउने निश्चित छैन ।

किनकि अमेरिकामा राष्ट्रपतिलाई राज्यहरूमा यस्ता आदेश लागू गराउने शक्ति प्राप्त छैन । बाइडेनले यसलाई स्विकार्दै गभर्नरलाई सम्झाउने बताएका छन् । गभर्नरहरूले नमाने नगरप्रमुख तथा स्थानीय अधिकारीहरू उनले कुरा गर्ने जनाएका बीबीसीले उल्लेख गरेको छ ।

भाइरस नियन्त्रणका उपायसँगै बाइडेनले अन्य केही मुद्दालाई आफ्नो कार्यकालको एक सय दिनको योजनामा राखेका छन् । कोरोना महामारीको व्यवस्थापन राम्ररी गर्न नसकेको भन्दै निवर्तमान राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठनबाट अमेरिकालाई अलग्याउने घोषणा गरेका थिए ।

तर बाइडेनले त्यो निर्णय उल्ट्याउने र अमेरिकालाई डब्ल्यूएचओमा फर्काउने भएका छन् । बाइडेनको टोलीले महामारीपीडित कसैलाई घरबाट निकाला गर्ने वा लिलामी गर्न राष्ट्रव्यापी रोक लगाउनेसम्बन्धी निर्णय जारी राख्ने बताएको छ ।

साथै महामारीका बेला विद्यार्थी कर्जा र त्यसको ब्याज भुक्तानी स्थगनले पनि निरन्तरता पाउनेछ । बाइडेनले गत साता कोरोना भाइरस महामारीले थलिएको अमेरिकी अर्थतन्त्रलाई सुधार्न १९ खर्ब डलरको प्याकेज घोषणा गरेका थिए ।

अमेरिकी कंग्रेसबाट अनुमोदन भएको खण्डमा उक्त प्याकेजअन्तर्गत प्रत्येक अमेरिकीलाई १ हजार ४ सया डलर नगद दिइनेछ । यो राहत यसअघि कंग्रेसले पारित गरेको ९ सय अर्ब डलरको प्याकेजमा थप हो ।

विपक्षी दल रिपब्लिकन सांसदहरूले उक्त प्याकेजको केही अंशमा विरोध जनाउने ठानिएको छ । हाल संसद्का दुवै सदनमा बाइडेनको दल डेमोक्र्याटको बहुमत छ । त्यसैगरी, ट्रम्प प्रशासनले लागू गरेको कर कटौतीसम्बन्धी व्यवस्था बाइडेन प्रशासनले उल्टाउनेछ ।

सन् २०१७ मा ट्रम्पले घोषणा गरेको कटौतीको धनी अमेरिकी तथा ठूला कम्पनीले अनुचित फाइदा लिएको बाइडेनको दाबी छ । साथै उनले अमेरिकी कम्पनीहरूले विदेशमा कमाएको नाफामा कर दोब्बर गर्नेसमेत जनाएका छन् । कर नीति भने कंग्रेसबाट अनुमोदित हुन आवश्यक छ ।

बाइडेनले राष्ट्रपतिको कार्यभार सम्हालेको पहिलो दिन नै पेरिस सम्झौतामा अमेरिका फर्कने घोषणा गरिसकेका छन् । उक्त सम्झौताअन्तर्गत कार्बन उत्सर्जनको कटौती तथा पृथ्वीको औसत तापक्रम औद्योगिक क्रान्तिको समयमा भन्दा बढीमा दुई डिग्री सेल्सियसले बढ्न दिने विश्वव्यापी प्रतिबद्धता छन् ।

सन् २०१५ मा भएको उक्त सम्झौताबाट ट्रम्पले अमेरिकालाई अलग पारेका थिए । अमेरिकालाई सन् २०५० सम्ममा शून्य कार्बन उत्सर्जनको अवस्थामा पुर्‍याउन कंग्रेससँग मिलेर उचित कानुन ल्याउने बाइडेनको भनाइ छ । त्यस्तै ट्रम्पले वातावरण तथा ऊर्जाका क्षेत्रमा लागू गरेका खुलापन बाइडेनले नियमन गर्ने बताएका छन् ।

त्यसैगरी, ट्रम्प प्रशासनले लगाएको यात्रा प्रतिबन्ध पनि उनले उल्टाउने भएका छन् । सन् २०१७ को जनवरीमा कार्यभार सम्हालेको एक साताभित्रै ट्रम्पले ७ वटा मुस्लिम बहुल देशलाई लक्षित गर्दै यात्रा प्रतिबन्धको घोषणा गरेका थिए ।

करिब १ करोड १० लाख कागजपत्रविहीन आप्रवासीले नागरिकता पाउने बाटो खुला गर्ने कानुन ल्याउने पनि बाइडेनको योजना छ । त्यसका साथै, ट्रम्पले निकै महत्त्वका साथ अघि सारेको मेक्सिकोसँगको सीमामा पर्खाल बनाउने कार्य समेत बाइडेनले स्थगन गरिदिने छन् ।

त्यस्तै यौनिक अल्पसंख्यक (एलजीबीटी) समुदायलाई सुरक्षित पार्ने बाइडेनको प्रतिबद्धता छ । बाइडेन प्रशासनले अमेरिकाका सहयोगी राष्ट्रलाई आश्वस्त पार्ने विषय पनि प्राथमिकतामा राखेको छ ।

Advertisement

अमेरिकाले विश्वलाई फेरि नेतृत्व प्रदान गर्ने बाइडेनको भनाइ छ । ओभल अफिसको पहिलो दिननै बाइडेनले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) का नेतालाई अमेरिका पूर्ववत् अवस्थामा फर्किएको जानकारी गराउने बताएका थिए ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top