NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино मङ्लबार माघ ६ , २०८२
Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet मङ्लबार माघ ६ , २०८२
1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar मङ्लबार माघ ६ , २०८२
Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый सोमवार माघ ५ , २०८२
Промокод 1xBet 2026 получите и распишитесь сегодня Январь безвозмездные промокоды при регистрации получите и распишитесь фрибеты БК 1хБет в Стране Казахстане सोमवार माघ ५ , २०८२
Next
Prev

समाचार

बाइडेनको प्राथमिकता कोरोना भाइरस नियन्त्रण

शुक्रबार माघ ९ , २०७७
Reading Time: 1 min read
A A
बाइडेनको प्राथमिकता कोरोना भाइरस नियन्त्रण

FILE PHOTO: Democratic U.S. presidential candidate and former Vice President Joe Biden speaks at a campaign event devoted to the reopening of the U.S. economy during the coronavirus disease (COVID-19) pandemic in Philadelphia, Pennsylvania, U.S., June 11, 2020. REUTERS/Bastiaan Slabbers - RC267H90Y3SD/File Photo

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

९ माघ, एजेन्सी ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरस नियन्त्रणलाई प्राथमिकतामा राखेका छन् ।

भाइरस नियन्त्रणका लागि बाइडेनले १० वटा कार्यकारी आदेशमा हस्ताक्षर गर्ने जनाइएको छ ।  भाइरसविरुद्धको खोप द्रुतगतिमा दिइने, परीक्षण दायरा बढाइने तथा मास्कलगायत अत्यावश्यक सामग्रीको उत्पादन बढाइने आदेशमा उल्लेख छ ।

त्यसैगरी, भाइरस नियन्त्रणका लागि राष्ट्रियस्तरको रणनीति तय गरिने पनि बाइडेनको योजना छ । निवर्तमान राष्ट्रपति ट्रम्पको भाइरसविरुद्धको रणनीति तय गर्न राज्यहरूलाई अधिकार दिएका थिए ।

LS Auto

महामारी नियन्त्रणका लागि ठोस कदम नचालको भन्दै उनको व्यापक आलोचना भएको थियो । बिहीबार साँझसम्म अमेरिकामा कोरोना भाइरसको महामारीका कारण ४ लाख ६ हजार जनाले ज्यान गुमाइसकेका छन् । संक्रमितको संख्या २ करोड ४५ लाख पुग्नै लागेको छ ।

राष्ट्रपति बाइडेनको कोरोना भाइरस कार्यदलका संयोजक जेफ जायन्ट्सले ट्रम्प कार्यकालमा संघीय स्तरमा भाइरसविरुद्धको कुनै रणनीति नरहेको तथा विस्तृत योजनाको अभाव भएको बताए । ‘बाइडेनले कार्यभार सम्हालेसँगै त्यो सबै परिवर्तन भएको छ,’ उनले भने ।

त्यसैगरी, खोपको प्रभावकारी वितरण तथा भरपर्दो परीक्षणका लागि बाइडेन प्रशासनले ७ बुँदे योजना सार्वजनिक गरेको छ । अप्रिल अन्त्यसम्ममा १० करोड जनालाई खोप दिइसकिने जनाइएको छ । त्यस्तै एक सय दिनभित्रमा विद्यालयहरूमा पठनपाठन सुरु गरिने योजना छ ।

देशभका संघीय परिसर तथा अन्तर–राज्य यात्रामा मास्क अनिवार्य गराइने भएको छ । तर यो आदेशपछि पनि विगतमा मास्क अनिवार्य गर्न अन्कनाएका विभिन्न राज्यका गभर्नरहरूले उनको भनाइ पछ्याउने निश्चित छैन ।

किनकि अमेरिकामा राष्ट्रपतिलाई राज्यहरूमा यस्ता आदेश लागू गराउने शक्ति प्राप्त छैन । बाइडेनले यसलाई स्विकार्दै गभर्नरलाई सम्झाउने बताएका छन् । गभर्नरहरूले नमाने नगरप्रमुख तथा स्थानीय अधिकारीहरू उनले कुरा गर्ने जनाएका बीबीसीले उल्लेख गरेको छ ।

भाइरस नियन्त्रणका उपायसँगै बाइडेनले अन्य केही मुद्दालाई आफ्नो कार्यकालको एक सय दिनको योजनामा राखेका छन् । कोरोना महामारीको व्यवस्थापन राम्ररी गर्न नसकेको भन्दै निवर्तमान राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठनबाट अमेरिकालाई अलग्याउने घोषणा गरेका थिए ।

तर बाइडेनले त्यो निर्णय उल्ट्याउने र अमेरिकालाई डब्ल्यूएचओमा फर्काउने भएका छन् । बाइडेनको टोलीले महामारीपीडित कसैलाई घरबाट निकाला गर्ने वा लिलामी गर्न राष्ट्रव्यापी रोक लगाउनेसम्बन्धी निर्णय जारी राख्ने बताएको छ ।

साथै महामारीका बेला विद्यार्थी कर्जा र त्यसको ब्याज भुक्तानी स्थगनले पनि निरन्तरता पाउनेछ । बाइडेनले गत साता कोरोना भाइरस महामारीले थलिएको अमेरिकी अर्थतन्त्रलाई सुधार्न १९ खर्ब डलरको प्याकेज घोषणा गरेका थिए ।

अमेरिकी कंग्रेसबाट अनुमोदन भएको खण्डमा उक्त प्याकेजअन्तर्गत प्रत्येक अमेरिकीलाई १ हजार ४ सया डलर नगद दिइनेछ । यो राहत यसअघि कंग्रेसले पारित गरेको ९ सय अर्ब डलरको प्याकेजमा थप हो ।

विपक्षी दल रिपब्लिकन सांसदहरूले उक्त प्याकेजको केही अंशमा विरोध जनाउने ठानिएको छ । हाल संसद्का दुवै सदनमा बाइडेनको दल डेमोक्र्याटको बहुमत छ । त्यसैगरी, ट्रम्प प्रशासनले लागू गरेको कर कटौतीसम्बन्धी व्यवस्था बाइडेन प्रशासनले उल्टाउनेछ ।

सन् २०१७ मा ट्रम्पले घोषणा गरेको कटौतीको धनी अमेरिकी तथा ठूला कम्पनीले अनुचित फाइदा लिएको बाइडेनको दाबी छ । साथै उनले अमेरिकी कम्पनीहरूले विदेशमा कमाएको नाफामा कर दोब्बर गर्नेसमेत जनाएका छन् । कर नीति भने कंग्रेसबाट अनुमोदित हुन आवश्यक छ ।

बाइडेनले राष्ट्रपतिको कार्यभार सम्हालेको पहिलो दिन नै पेरिस सम्झौतामा अमेरिका फर्कने घोषणा गरिसकेका छन् । उक्त सम्झौताअन्तर्गत कार्बन उत्सर्जनको कटौती तथा पृथ्वीको औसत तापक्रम औद्योगिक क्रान्तिको समयमा भन्दा बढीमा दुई डिग्री सेल्सियसले बढ्न दिने विश्वव्यापी प्रतिबद्धता छन् ।

सन् २०१५ मा भएको उक्त सम्झौताबाट ट्रम्पले अमेरिकालाई अलग पारेका थिए । अमेरिकालाई सन् २०५० सम्ममा शून्य कार्बन उत्सर्जनको अवस्थामा पुर्‍याउन कंग्रेससँग मिलेर उचित कानुन ल्याउने बाइडेनको भनाइ छ । त्यस्तै ट्रम्पले वातावरण तथा ऊर्जाका क्षेत्रमा लागू गरेका खुलापन बाइडेनले नियमन गर्ने बताएका छन् ।

त्यसैगरी, ट्रम्प प्रशासनले लगाएको यात्रा प्रतिबन्ध पनि उनले उल्टाउने भएका छन् । सन् २०१७ को जनवरीमा कार्यभार सम्हालेको एक साताभित्रै ट्रम्पले ७ वटा मुस्लिम बहुल देशलाई लक्षित गर्दै यात्रा प्रतिबन्धको घोषणा गरेका थिए ।

करिब १ करोड १० लाख कागजपत्रविहीन आप्रवासीले नागरिकता पाउने बाटो खुला गर्ने कानुन ल्याउने पनि बाइडेनको योजना छ । त्यसका साथै, ट्रम्पले निकै महत्त्वका साथ अघि सारेको मेक्सिकोसँगको सीमामा पर्खाल बनाउने कार्य समेत बाइडेनले स्थगन गरिदिने छन् ।

त्यस्तै यौनिक अल्पसंख्यक (एलजीबीटी) समुदायलाई सुरक्षित पार्ने बाइडेनको प्रतिबद्धता छ । बाइडेन प्रशासनले अमेरिकाका सहयोगी राष्ट्रलाई आश्वस्त पार्ने विषय पनि प्राथमिकतामा राखेको छ ।

अमेरिकाले विश्वलाई फेरि नेतृत्व प्रदान गर्ने बाइडेनको भनाइ छ । ओभल अफिसको पहिलो दिननै बाइडेनले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) का नेतालाई अमेरिका पूर्ववत् अवस्थामा फर्किएको जानकारी गराउने बताएका थिए ।

लोकप्रीय

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

विचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый

सोमवार माघ ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.