×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

कारवाहीको माग गर्दै राजमार्ग बन्द

२० जेष्ठ २०७५

भक्तपुर, जेठ २०
बसको ठक्करबाट ज्यान गएका पीडित परिवार र आफन्तले आज मध्यपुरथिमि–४ राधे राधेस्थित अरनिको राजमार्गखण्ड बन्द गराएका छन् ।

शनिबार दिउँसो सोही स्थानमा भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा३ख २७२२ नं को बसले निकोसेराबाट आउँदै गरेको बा४०प २०९४ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मध्यपुरथिमि–९ निकोसेरा थिमि बस्ने २४ वर्षीय दीपक ख्याजुको मृत्यु भएको थियो ।

Advertisement
Advertisement

चालकलाई ज्यान मुद्दा लगाएर कारवाही गर्नुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै स्थानीय बासिन्दाले सडक अवरुद्ध पारेका हुन् । पीडित परिवार, आफन्त र स्थानीय बासिन्दाले महानगरीय प्रहरी वृत्त घेराउ गरी कारवाहीको माग गरेका छन् ।

Advertisement
Advertisement

बसका चालक सिन्धुपाल्चोक घर भई हाल भक्तपुर च्यामासिंह बस्ने २८ वर्षीय दीपबहादुर प्रधानलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top