×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ओलीसँग सानो अरिंगालको झुण्ड र साइबर सेना मात्रै छन्ः माधव नेपाल

९ माघ, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको भष्मासुर प्रवृतिको अन्त्य गरी प्रतिनिधि सभा पुनस्र्थापना गरिने बताएका छन् ।

शुक्रबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को केन्द्रीय संघर्ष समितिले प्रतिनिधि सभा विघटनको विरुद्दमा आयोजना गरेको विरोध सभामा सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीको भष्मासुर प्रवृतिको अन्त्य गर्दै प्रतिनिधि सभाको पुर्नगठन गरिने बताएका हुन् । उनले पार्टीले केपी ओली बनाएको भएपनि ओली भष्मासुर बनेको भन्दै भष्मासुरलाई पार्टीले सिध्याउने बताए । भष्मासुर प्रवृतिको अन्त्यपछि नयाँ ढंगले अघि बढ्ने उनको भनाई छ ।

Advertisement
Advertisement

उनले प्रधानमन्त्री ओलीले संविधान, लोकतन्त्र, पार्टी र देशको स्थायित्वमाथि खड्ग प्रहार गरेको बताए । अध्यक्ष नेपालले अरु राजनीतिक दलहरुले फेरि केपी ओलीसँग मिल्ने हुन कि भन्ने आशंका गरेको भन्दै केपी ओलीसँग झुक्ने कुनै काम नगर्ने बताए । ओलीसँग मिल्छन् भन्ने भ्रम नपाल्न उनले आग्रह गरे । आफुहरुले मूल्य र विचारको राजनीति गरेपनि ओली कम्युनिष्ट आदर्शमा सर्मपित नभएको र सिद्दान्तनिष्ठ नभएको उनको भनाई छ ।

अध्यक्ष नेपालले प्रधानमन्त्री केपी ओली हिटलरको बाटो हिडेको टिप्पणी गरे । ओली निर्वाचित व्यक्ति भएपनि संवैधानिक कु गरेको उनले बताए । नेपाली जनता ओलीको हिटलर प्रवृत्तिसँग नडराउने उनको भनाई छ । संविधानले राजनीतिक स्थायित्वको सुनिश्चितता, नियन्त्रण र सन्तुलनको सिद्धान्त राखेपनि ओलीले आफुमा मात्रै शक्ति केन्द्रीत गरेको उनले बताए । एकाधिकारवादको विरोधमा आफुहरु रहेको उनको भनाई छ ।

प्रधानमन्त्री ओलीसँग पार्टी र संसदको बहुमत हिस्सा नरहेपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने भएपनि नरसंहार गरेको अध्यक्ष नेपालको भनाई छ । पार्टीको सम्पूर्ण तह र तप्कामा आफुहरुको अत्याधिक बहुमत भएको र ओलीसँग सानो अरिंगालको झुण्ड र साइबर सेना मात्रै भएको उनले बताए । अध्यक्ष नेपालले सुर्य चिन्ह निर्वाचन आयोगबाट ल्याउने मान्छे आफु जिउँदै भएकोले सुर्य चिन्ह आफुहरुले नै पाउने दाबी गरे ।

Advertisement

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top