नयाँ प्रकारको कोरोना भाइरस थप घातकः बोरिस जोन्सन

१० माघ, एजेन्सी ।
कोरोना भाइरस (कोभिड–१९) को रुपान्तरित स्वरुप धेरै खतरानाक रहेको प्रारम्भिक प्रमाणहरुले देखाएका छन्।

Advertisement

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले प्रमाणहरुले नयाँ प्रकारको कोरोना भाइरस थप घातक देखाएको बताएका हुन्। तर यसमा थप अनुसन्धानको खाँचो रहेको र खतराको तह स्पष्ट हुन बाँकी रहेको वैज्ञानिकहरुले बताएका छन्।

विकास भएका खोपहरुले नयाँ प्रकारको कोरोना भाइरसविरुद्ध पनि काम गर्ने देखिएको अध्ययनले भनेको छ। नयाँ प्रकारको कोरोना भाइरस तीव्र गतिमा फैलिने खालको छ।

Advertisement

पछिल्लो अध्ययनले तीव्र गतिमा संक्रमण फैलिनेसँगै नयाँ प्रकारको भाइरसका कारण हुने मृत्युदर पनि अधिक हुन सक्ने देखिएको प्रधानमन्त्री जोन्सनले बताएका हुन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top