बनेपामा बम फेला, सेनाद्वारा डिस्पोज

१० माघ ७७, शनिबार
Share this
695shares

१० माघ, काठमाडौँ ।
शनिबार बिहान काभ्रेको बनेपामा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।

Advertisement

बनेपा नगरपालिका ६ बुडोलमा अज्ञात समूहले राखेको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले जानकारी दिए।

उनका अनुसार शंकास्पद बस्तु भेटिएपछि बम हुन सक्ने आशंकामा सेनाको टोलीलाई बोलाइएको थियो। अनुसन्धानको क्रममा प्रेसर कुकर बम रहेको पाइएपछि डिस्पोज गरिएको एसपी खत्रीले बताए।

Advertisement

यस्तै विपि राजमार्गको मंगलटार नजिक शनिबार बिहान विष्फोट भएको छ। एसपी खत्रीले उक्त घटनाबारे पनि अनुसधान्धान भइरहेको बताए। घटनामा मानवीय क्षति नभएको उनले बताए।

शनिबार नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बन्द आव्हान गरेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top