काभ्रेको बनेपा नगरपालिका र रोशी गाउँपालिकामा बम विष्फोट

१० माघ, काभ्रे ।
काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ६ स्थित बुडोल र रोशी गाउँपालिका वडा नम्बर ८ को मंगलटारमा गएराति बम विष्फोट भएको छ।

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले विस्फोट गराएको आशंका गरिएको छ। सो पार्टीले आज नेपाल बन्द घोषणा गरेको छ।

प्रहरीले जानकारी दिएअनुसार शनिबार विहान ३ः४५ बजेको समयमा जिल्लाको बनेपा–६ बुडोलस्थित सडक छेउमा (झोलामा कुकर जस्तो देखिने) शंकास्पद बस्तु फेला परेको थियो।

Advertisement

सोही स्थानमा एउटा बम भने विष्फोट भएको हो। अहिले सो उक्त स्थानमा नम्बर १५ गण हेक्वा काभ्रेबाट १५ जनाको टोली, ईलाका प्रहरी कार्यालय बनेपाबाट १० जनाको टोली र नेपाली सेनाको बिष्णुदल गण धुलिखेलबाट १ जना (बम डिस्पोजल टोली) खटिएको छ।

बम विस्फोट भएसँगै चेकजाँच गरी सवारी पास गर्ने क्रममा बनेपामा सवारी जाम नै परेको छ। यस्तै, रोशी–८ नार्के स्थित बिपी राजमार्गको बायाँतर्फको लेनमा पनि बम विष्फोट भएको छ।

Advertisement

तर, कुनै मानवीय लगायतका क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। अरनिको र बीपी राजमार्गमा सवारीसाधन आवागमन भने अवरुद्ध भएको छ। त्यस्तै लामो रुट हुँदै डाँडापारी र कोशीपारीको ग्रामीण क्षेत्रमा जाने बस चलेका छैनन्‌।

प्रतिबन्धित पार्टीले आह्वान गरेको नेपाल बन्द कार्यक्रमलाई लक्षित गरी गाडीहरू पास गराउन सिन्धुलीबाट ७ जनाको टोली खटिएको छ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top