×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

जनयुद्धकालीन मुद्धा नै किन उठाउँछन् ओली ? (भिडियो)

१० माघ, काठमाडौं । पछिल्लो समय प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेकपा कै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जनयुद्धकालीन घटना सम्बन्धित विषय निकाली कटाक्ष गर्ने गरेका छन् । प्रहरीको फरारको सूचिमा रहेका पूर्व माओवादी लडाकु कालिबहादुर खामको नाम एक कार्यक्रममा प्रधानमन्त्री ओलीले लिए । पूर्व माओवादी लडाकूहरुप्रति सहानुभूति जनाउँदै प्रधानमन्त्री ओलीले माओवादी छापामारका तत्कालिन सर्वोच्च कमाण्डर रहेका प्रचण्डलाई भने आफ्ना नातागोतालाई मात्र साथ दिएको आरोप लगाउँदै आएका छन् ।

त्यसको प्रतिवाद गर्दै प्रचण्डले एक अन्र्तवार्तामा आफु ओली जस्तो निसन्तान नरहेको कठोर प्रतिक्रिया दिएका थिए । यहाँसम्मको आरोप प्रत्यारोपर कटाक्षले दुई अध्यक्षबीचको सम्बन्ध कति चिसिएको भन्ने प्रष्ट रुपमा बुझन सकिन्छ । पूर्व माओवादी लडाकुहरुको बेवास्ता गर्दै आफ्नो छोरी रेणु दाहाललाई मतपत्र च्यातेर भएपनि भरतपुर महानगरको मेयरमा जिताएको ओलीको आरोप छ । नेकपा विभाजित भएपछिका हरेक जसो कार्यक्रममा सम्बोधन गर्दै ओलीले माओवादी संसदीय राजनीतिमा आएको बेला आलोचना गरेकै जस्तो माओवादी नेताहरुको चर्को विरोध गर्ने गरेका छन् । बहिर्गमित माओवादी लडाकुहरुप्रति सहानुभूति जनाउँदै ओलीले प्रचण्डको विरोध गरिरहेका छन् । तर पार्टी एकतापछि पनि ओली जनयुद्धका सहिदहरुको सम्मान गर्ने कार्यक्रममा कहिल्यै सहभागी नभएको दाबी गर्दै प्रचण्डले भने जनयुद्धका लडाकुहरुप्रति सहानुभूति जनाउनु लाजमर्दो विषय भएको टिप्पणी गरेका छन् ।

Advertisement
Advertisement

प्रधानमन्त्री ओलीले प्रचण्डले नातागोताका लागि मात्र काम गरेको आक्षेप लगाइरहँदा भरतपुर महानगरकी मेयर रेणु दाहालले आपत्ती जनाएकी छिन् । आफ्ना चाहानाहरु सबै त्यागेर जनताको हितमा लडेको भन्दै उनले लेखेकी छिन्, ‘व्यक्तिगत स्वार्थमा कहिल्यै लागिएन, सेवामा समर्पित हुनु कमजोरी हो ? नकी अरुको जस्तो बाले राजनीति गर्ने र छोराछोरीले फाइदा लिएर लुट्नु पर्ने हो ?’ उनले बरु प्रधानमन्त्रीले आफ्ना गुटका आसेपासेहरुलाई भन्दा अरुका लागि केही नगरेको आरोप लगाएकी छन् । व्यक्तिगत गालीगलौजमा उत्रिसकेका एकै पार्टीका दुई अध्यक्षहरुले एक अर्काको विगत कोट्याउँदै एकअर्कालाई प्रहार गरिरहेका छन् । जनयुद्धकालीन कतिपय मुद्धाहरु सम्बोधन हुन नसकिरहेको बेला उपयुक्त व्यवस्थाबिना आफु बर्हिगमनमा परेकोमा असन्तुष्ट बनेका पूर्व माओवादी लडाकुहरुप्रति ओली नरम देखिएका छन् अनि प्रचण्डप्रति भने कडा रुपमा प्रस्तुत भईरहेका छन । जसले जसका लागि गर्नुपर्ने थियो त्यसो नगरी उनीहरु एकले अर्कालाई पछारेर आफू राम्रो देखिन खोजिरहेका छन । तर युद्धको शारिरीक र मानसिक घाउ र पीडा बोकेर थिलथिलो शरीर घिस्साई रहेकाहरुको पीडामा उनीहरु तैचुप मैचुप छन् । यसैले नै हो अझै पनि द्धन्दपीडितहरु न्यायका लागि गुहार लगाइरहेका छन । जनयुद्धकालीन मुद्धाहरु ब्युताएर नेताहरु पक्राउ पर्ने हुन् कि भन्ने चर्चा भइरहेको बेला तिनै मुद्धाहरुका विषयमा सार्वजनिक कार्यक्रममा आरोप–प्रत्यारोप हुँदा भने कुनै दुर्घटना पो हुने हो कि भन्ने शंका पनि सिर्जना भएको छ ।

Advertisement

 

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top