सिरहामा शंकास्पद बस्तु फेला

१० माघ ७७, शनिबार

१० माघ, जनकपुरधाम ।
सिरहामा शंकास्पद बस्तु फेला परेको छ।

Advertisement

शनिबार बिहान मिर्चैया नगरपालिका वडा नम्बर ५ स्थित जिबाखोलाको पुलमा शंकास्पद बस्तु फेला परेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए।

पुलमा शंकास्पद अवस्थामा प्रेसर कुकर भेटिएपछि प्रहरीले सुरक्षा घेरा लगाएर नेपाली सेनालाई बोलाएको थियो।

Advertisement

चोहर्वास्थित श्री सेर गणबाट नेपाली सेनाको डिसपोजल टोली घटनास्थलमा पुगेर शंकास्पद बस्तु डिस्पोजल गरेको प्रहरी प्रवक्ता शर्माले बताए।

शंकास्पद बस्तु फेला परेपछि केही समय पूर्वपश्चिम राजमार्गमा सवारी अवरुद्ध भएको थियो। अहिले सवारी आवतजावत सुरु भइसकेको प्रवक्ता शर्माले बताए।(रासस)

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top