११ माघ, खोटाङ । खोटाङ साकेला-२ रतन्छा बस्ने सोही वडाका वडा सदस्य ५७ बर्षीय रत्न प्रसाद फुयलको भिरबाट लडेर मृत्यु भएको छ ।
शनिवार साँझ आफ्नो घरबाट साकेला-२ मबु स्थित भाईको घरमा धामी बस्नका लागि जाँदै गरेको अवस्थामा एक्कासी खहरे खोलाको भिरबाट लडी अन्दाजी ३ सय मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
आफन्तले प्रहरी चौकी रतन्छामा जानकारी गराए पछि प्रहरी घटनास्थल पुगेको थियो ।
घटना बारे प्रहरीले कानुनी कारबाही गरीरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
मुतक फुयाँल तत्कालिन नेकपा माओबादीबाट निर्बाचित सदस्य रहेको खुल्न आएको छ ।