प्रधानमन्त्रीको अभिव्यक्तिबारे प्रश्न उठ्दा बाहिरको कुरा चर्चा नगर्न प्रधानन्यायाधिशको आग्रह

११ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनबारे अदालतमा भइरहेको बहसलाई प्रधानमन्त्रीले ‘तमासा’ भनेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संवैधानिक इजलासमा प्रश्न उठाएका छन् ।

शुक्रबार एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एक जना बाजेलाई तमासा गर्न लगेछन्’ भनेका थिए । आइतबार इजलासमा त्यसबारे प्रश्न उठाउँदै त्रिपाठीले भनेका छन्, ‘यो तमासा हो श्रीमान्, हामी तमासा गर्न बसको हौं ?’

तर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बाहिर भइरहेको कुराबारे चर्चा नगर्न आग्रह गरेका छन् । ‘बजारका कुरामा नजानुस्, आफ्नो विषयमा जानुस्’ उनले भने ।

Advertisement

वरिष्ठ अधिवक्ता त्रिपाठीले ‘कुरा सिरियस छ’ भन्दा प्रधानन्यायाधीश जबराले भनेका छन्, ‘सबै कुरा सिरियस छ, तर हामी बाहिर ध्यान मोड्दैनौं । बजारमा कसले कति भनिरहेका छन्, हामीले माइन्ड त्यता मोड्न हुँदैन ।’

उनले अघि भने, ‘एक जना मात्र होइन, हाम्रा पूर्व हेर्नुस्, वर्तमान हेर्नुस् । तपाईं आफ्नोमा जानुस् ।’

Advertisement

आजै इजलास सुरु हुनासाथ वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले संसद विघटनको सूचना रातारात राजपत्र प्रकाशित गरेको विषय उठाउँदा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले रोकेका थिए ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top