सरकारलाई जानकारी गराएर हिमाल आरोहण गरे सरकारले सहयोग गर्छः प्रधानमन्त्री

१३ माघ २०७७, मंगलबार
Share this
734shares

१३ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहण गर्न जाँदा सरकारलाई जानकारी गराए सहयोग गर्ने बताएका छन् ।

Advertisement

मंगलबार बिश्वको दोस्रो अग्लो हिमाल माउन्ट के टु को कीर्तिमानी आरोहण गरेर स्वदेश फिर्ता भएका निर्मल पूर्जा लगायतका दश नेपाली आरोहीलाई बधाई व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा सरकारलाई औपचारिक जानकारी गराएर हिमाल आरोहण गरेमा सरकारले गच्छे अनुसारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले माउन्ट के टु को सफलतापूर्वक आरोहण गरेर देशको परिचय र गौरवलाई अझ माथि उठाएको बताए ।

Advertisement

प्रधानमन्त्री ओलीले आगामी दिनमा हिमालको आरोहण गर्ने आरोहीहरुलाई सरकारको तर्फबाट अवार्ड दिने पनि बताए । अवार्डसहित सम्मान गर्ने व्यवस्था गर्ने उनको भनाई छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले साहसिक युवाहरुको साहसिक कदमको आगामी दिनमा राज्य बेखबर नहुने बताए । वर्तमान सँगै पछिल्लो पुस्तालाई संरक्षण गर्नमा राज्यको ध्यान जाने उनको भनाई छ ।

Advertisement

माउन्ट के टू का आरोही निर्मल पूर्जाले सबै एकताबद्ध भई हिमाल आरोहण गर्दा केही गर्न सकिने रहेछ भन्ने शन्देश दिएको बताए । माउन्ट के टु आरोहण गरी नेपालको नाम विश्वसामु राखेको उनको भनाई छ ।

दशजनाको समूहको नेपाली आरोहीले माघ ३ गते माउन्ट के टु हिमालको सफल आरोहण गरेको थियो । आरोही टोली मंगलबार नेपाल फर्किएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top