×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

प्रधानमन्त्री कप : पुलिसलाई हराउँदै एपिएफ फाइनलमा

१४ माघ २०७७

१४ माघ, काठमाडौं ।

नेपाल एपिएफ क्लब चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

Advertisement
Advertisement

बुधबार टियु क्रिकेट मैदानमा भएकाे पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल पुलिस क्लबलाई  ३० रनले हराउँदै दोस्रो पटक फाइनलमा स्थान बनाएको छ । जितको लागि २ सय ४ रनको विजयी लक्ष्य पछ्याएको पुलिस ४९.२ ओभरमा १ सय ७३ रनमा अल आउट भयो । पुलिसका तल्लोक्रमका ब्याट्सम्यान पवन सरार्फले सर्वाधिक ४० रनको योगदान दिए । पवनले ६१ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

पुलिसले खराब सुरुवात गरेको थियो । उक्त खराब सुरुवातलाई मध्यक्रमका ब्याट्सम्यानले पनि सम्हाल्न नसक्दा पराजित हुन पुगेको हो । पहिलो ओभरको दोस्रो बलमै ओपनर कुशल भुर्तेललाई भुवन कार्कीले शून्यमा एलबिडब्लू आउट गरेका थिए ।

तीव्र गतिका बलर कमलसिंह ऐरीले चौथो ओभरको चौथो बलमा सुनिल धमला तीन रनमा एलबिडब्लू आउट गर्दै एपिएफलाई उत्कृष्ट सुरुवात दिलाए । भुवन कार्कीले पाँचौं ओभरको पहिलो बलमा अमित श्रेष्ठलाई ८ रनमा सन्दीप जोराबाट क्याच गराउँदै ३–१५ को कमजोर अवस्थामा पुर्याइदिएका थिए ।

चौथो विकेटका लागि विकेटकिपर अनिल कुमारशाह र दीपेन्द्रसिंह ऐरीले ४६ रनको साझेदारी गर्दै पुलिसलाई आशा जगाएका थिए । तर २० औं ओभरको पहिलो बलमा कमलले अनिललाई २१ रनमा बोल्ड पुलिसको आशालाई टाढा बनाएका थिए । अनिलले ४४ बलमा ३ चौका प्रहार गरे ।

२६ औं ओभरको अन्तिम बलमा शरद भेषावकरले सुबास खकुरेलबाट ३३ रनमा क्याच गराएपछि एपिएफ जिततर्फ अघि बढेको थियो । त्यसअघि अनिललाई आशिफले फस्ट स्लिपमा ९ रनमा क्याच छोड्दा जीवनदान पाएका थिए । दीपेन्द्रको ब्यक्तिगत १३ रनमा शंकर रानाले क्याच छोडेका थिए ।

शरदको बलमा मञ्जित श्रेष्ठ ३ रनमा कमलबाट आउट हुन पुगे । पवनले ३९ रनमा जीवनदान पाएका थिए । लङअनमा सुमित महर्जनले पवनको eक्याच छोड्न पुगेका थिए । एपिएफको फिल्डिङ भने कमजोर देखिएको थियो ।

तल्लोक्रममा राशिद खानले ५१ बलमा ३ चौका र १ छक्का सहित ३४ रनको योगदान दिए । आरिफ १० औं नम्बरमा ब्याटिङका लागि आएका थिए । पहिलो इनिङको ४६ औं ओभरमा आरिफको दाँया खुट्टाको एंकलमा चोट लागेको थियो । आरिफ १४ बलमा १ छक्का र २ चौका सहित १६ रनमा आउट भए । आरिफ ४७ औं ओभरको पहिलो बलमा राशिद खान आउट भएपछि आरिफ ब्याटिङका लागि आएका थिए । ४९ औं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका आरिफ डीप मिडविकेटमा भाई आशिफ शेखबाट क्याच आउट हुन पुगे ।

भुवन कार्कीले ९.२ ओभरमा १ मेडन सहित २१ रन खर्चेर ४ विकेट लिए । शरद भेषवाकर १० ओभरमा २ मेडन सहित ३६ रन खर्चेर २ विकेट लिए । कमलसिंह ऐरी १० ओभरमा ५२ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहराको नाममा पनि २ विकेट रह्यो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको एपिएफ ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३ रन बनाएको थियो । अभिनाशले अन्तिम ओभरमा राशिद खानलाई पाँचौं बलमा छक्का र अन्तिम बलमा चौका प्रहार गर्दै योगफल २ सय कटाएका थिए । अभिनाश ५ बलमा १ चौका र १ छक्का सहित ११ रनमा अविजित रहे । एपिएफका शंकर रानाले ९६ बलमा ४ चौका सहित सर्वाधिक ४४ रनको योगदान दिए ।

कमजोर सुरुवात गेरेको एपिएफलाई तल्लोक्रमका ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्दै प्रतिस्पर्धात्मक लक्ष्य सम्म पुर्याएका हुन् । भुवन कार्की ५६ बलमा १ छक्का र २ चौका सहित ४२ रनमा स्टम्पिङ आउट भए । भुवनले ब्यक्तिगत ८ रनमा कुशल भुर्तेलले क्याच छोड्न पुग्दा जीवनदा पाएका थिए । दीपेन्द्रसिंह ऐरीको बलमा ठूलो सट खेलेका भुवनको क्याच मिडअफमा कुशलले छोड्न पुगेका थिए ।

पाँचौं ओभरको तेस्रो बलमा तीव्र गतिका राशिद खानले आशिफ शेखलाई आफैं क्याच लिँदै एक रनमा आउट गरेका थिए । आरिफ शेखले ओपनर अर्का ओपनर सुबास खकुरेललाई आठौं ओभरको चौथो बलमा १९ रनमा बोल्ड आउट गरे । आरिफको इनस्विङ बलमा विट भएपछि सुबास बोल्ड हुन पुगेका थिए । सुबासले ३१ बलमा २ चौका प्रहार गरे ।

१२ औं ओभरको अन्तिम बलमा आरिफले कप्तान शरद भेषावकरलाई विकेटकिपर अनिल कुमार शाहबाट १८ रनमा क्याच आउट गराए । शरदले २८ बलमा २ चौका प्रहार गरे । आरिफले १४ औं ओभरको तेस्रो बलमा फस्ट स्लिपमा रहेका पवन सरार्फबाट युवा ब्याट्सम्यान सुमित महर्जनलाई एक रनमा क्याच गराएपछि एपिएफ ४३–४ को अवस्थामा पुगेको थियो ।

सन्दीप जोरा र शंकर रानाले पाँचौं विकेटका लागि ६४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । ३० औं ओभरको दोस्रो बलमा सन्दीपलाई सागर ढकालले ३४ रनमा बोल्ड आउट गर्दै साझेदारी तोडेका थिए । सन्दीपले ४३ बलमा ३ चौका र १ छक्का प्रहार गरे । कमलसिंह ऐरी १३ बलमा २ चौका सहित १९ रनमा आउट भए ।

आरिफले १० ओभरमा १ मेडन सहित ३१ रन खर्चेर ३ विकेट लिएका छन् । दीपेन्द्र सिंह ऐरीले १० ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । ललित नारायण राजवंशीले २, सागर ढकाल र राशिद खानले १–१ विकेट लिए ।

एपिएफ समूह ए मा अपराजित रहँदै सेमिफाइनलमा पुगेको थियो । एपिएफले यसअघि दोस्रो संस्करणको उपाधि जितेको थियो ।

Advertisement

दोस्रो सेमिफाइनलमा बिहिबार समूह बी को विजेता बागमती प्रदेश र समूह ए को उपविजेता त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने छ । फाइनल शनिबार हुनेछ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top