विराटनगर,जेठ २२
सुनसरीको धरानबाट सोमबार आठ जुवाडे पक्राउ परेका छन् ।
तास खेल्दै गरेको अबस्थामा विशेष सुचनाको आधारमा उनीहरुलाई सोमबार अपरान्ह ४ बजे धरान उपमहानगरपालिका १२ बाट पक्राउ गरिएको हो ।
जुवाको खालबाट नगद साठी हजार रुपैया र तीन बुक तास समेत बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
पक्राउ परेका सबै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान कार्य भईरहेको छ।