राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय निर्माण सुरु

१५ माघ ७७, शुक्रबार

बनेपा : नेपालमा नै राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा सम्बन्धी नीति निर्माण गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय निर्माण सुरु गरिएको छ । काभ्रेको बनेपा नगरपालिका–१३ र १४ मा रहेको पेरुङ्गे डाँडामा विश्वविद्यालय निर्माणको काम सुरु गरिएको हो ।

सरकारले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम र बजेटमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्ने घोषणा गरेको थियो । विश्वविद्यालय निर्माणको काम अन्र्तगत परामर्शदाता कम्पनीले विश्वविद्यालयको डिपिआर तयार गरिसकेको र वातावरणीय प्रभाव मूल्याङ्कन ९इआईए० प्रतिवेदन भने तयार गर्न बाँकी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक सहायकरथी सन्तोष बल्लभ पौड्यालले जानकारी दिनुभयो । यसैगरी, हालसम्म विश्वविद्यालय हाताभित्र रहने २।६ किलोमिटर ग्राभेलिङ सडक निर्माण कार्य अन्र्तगत पुस मसान्तसम्म ४५ प्रतिशत सडक निर्माणको काम सम्पन्न भएको छ ।

पहिलो चरणमा आर्थिक वर्ष २०७६/०७७ मा ठेक्का सम्झौता भएको विश्वविद्यालय परिसरमा रहने एक हजार ३८० मिटर पर्खाल तथा एक लाख लिटर क्षमताको भूमिगत पानी ट्याङ्की निर्माण तथा डिप बोरिङ्ग निर्माणको काम करिब ७० प्रतिशत सम्पन्न भएको छ । विश्वविद्यालयमा आवश्यक पर्ने थ्री फेज विद्युत प्रशारण लाइन विस्तारको काम नेपाल विद्युत प्राधिकरण बनेपा शाखामार्फत् भइरहेको छ भने विश्वविद्यालय निर्माणस्थलमा रहेका एक हजार १०५ वटा रुखमध्ये पुस मसान्तसम्म ४०४ रुख कटान भैसकेको नेपाली सेनाले जनाएको छ ।

सेनाले विश्वविद्यालयको आधारभूत साङ्गठनिक संरचनाको साथै सो संरचना अनुरुप रहने संकाय अध्ययन, अध्यापनको विषयहरु छनौट गरी पाठ्यक्रम विकास सुरु भएको जनाएको छ । उक्त कार्यका लागि विभिन्न विषयका चार जना विज्ञहरु करारमा भर्ना गरी पाठ्यक्रम विकासको काम अघि बढाइएको छ । विश्वविद्यालयको विधेयकरविधान मस्यौदा कार्यदलले विधेयकको मस्यौदा तयार गर्ने काम अन्तिम चरणमा पुगेको सैनिक प्रवक्ता समेत रहनुभएका पौड्यालले बताउनुभयो ।

उहाँले विश्वविद्यालयको विस्तृत आधारभूत साङ्गठनिक संरचना तयार गर्ने र विश्वविद्यालयको स्थापना, व्यवस्थापन तथा सञ्चालन सम्बन्धी अन्तिम अवधारणापत्र तयार गर्ने काम भइरहेको बताउनुभयो ।

विश्वविद्यालय निर्माणको लागि २०७६ मङ्सिर ३० गतेको मन्त्रिपरिषद्को बैठकले पेरुङ्गे सामुदायिक वन क्षेत्रको ७५० रोपनी जग्गा नेपाली सेनालाई उपलब्ध गराउने निर्णय गरेको थियो । सहायकरथी पौड्यालले पाँच वर्षसम्ममा विश्वविद्यालय निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुभयो । ‘नेपालमा प्रतिरक्षा विश्वविद्यालय नहुँदा हामीले हाम्रा ज्येष्ठ सैनिक अधिकृतलाई तालिमका लागि विदेश पठाउने गरेका थियौँ, नेपालमा नै विश्वविद्यालय निर्माण गरिएपछि तालिम प्रदान गर्न सकिनेछ’ पौड्यालले थप्नुभयो । उहाँले सुरुमा विश्वविद्यालयमा सैनिक ज्येष्ठ अधिकृतहरुलाई तालिम प्रदान गरिने र विस्तारै यसको दायरा फराकिलो बनाइने बताउनुभयो ।

विश्वविद्यालयको भौतिक पूर्वाधारलगायतको निर्माण कार्यको लागि चालू आर्थिक वर्षमा पूँजीगततर्फ २० करोड ३४ लाख र चालुतर्फ ९४ लाख रुपियाँ रकम विनियोजन भएको छ । नेपालमा नै प्रतिरक्षा विश्वविद्यालय निर्माण भएपछि राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षाका गहन खोज, अनुसन्धान तथा विश्लेषण गरी राष्ट्रिय सुरक्षालाई सुदृढ तथा समसामयिक बनाउन योगदान दिन सक्ने जनशक्ति निर्माण हुनेछ ।

यस्तै, राष्ट्रिय सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति एवम् रणनीति निर्माणमा सरकारलाई आवश्यक सुझावहरु प्रदान गर्न सक्ने प्रवुद्धवर्ग (थिङ्क ट्याङ्क) को विकास समेत हुनेछ । विश्वविद्यालयमा सुरक्षा तथा प्रतिरक्षाका लागि नेपालका मात्रै नभई अन्य देशका सैनिकहरु समेत अध्ययनका लागि आउनेछन् ।,यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top