इन्फ्रास्ट्रक्चर बैंकको सेयर बाँडफाँटः ५० कित्ता सबैलाई

१५ माघ ७७, शुक्रबार

१६ माघ, काठमाडौँ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्राथमिक सेयर (आईपीओ) को बाँडफाँड भएको छ।

Advertisement

माघको पहिलो साता सर्वसाधारणको लागि निष्काशन गरिएको सेयर ५० कित्तासम्म माग गर्ने सबैले मागअनुसार नै पाएका छन्।

बैंकको आईपीओ शेयर निष्काशन तथा बिक्री प्रबन्धन एनआइबिएल एस क्यापिटलको कार्यालयमा शुक्रबार कार्यक्रम आयोजना गरेर सेयर बाँडफाड भएको हो।

Advertisement

क्यापिटलका अनुसार यो आइपीओ १४ लाख ७५ हजार ८ जनाले प्राप्त गरेका छन्। क्यापिटलका अनुसार १० देखि ५० कित्ता सेयर माग गर्नेलाई माग अनुसार नै सेयर वितरण भएको छ।

यस्तै ६० कित्तादेखि २ लाख कित्तासम्म माग गर्नेलाई ५० कित्ता अनिवार्य र थप १० कित्ता सेयर गोलाप्रथाबाट बाँडफाँड गरिएको हो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top