शहीदको योगदानसँग कुनैपनि योगदान तुलना हुन सक्दैनः प्रधानमन्त्री

१६ माघ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौर स्थित शहीद स्मारकमा पुगेर सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।

माघ १६ गते (आज) शहीद दिवसको अवसर परेर प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौर स्थित शहीद स्मारकमा आयोजित विशेष कार्यक्रमकाबीच शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न कालखण्डमा देशको रक्षाको निम्ति जीवन दिने अमर शहीदहरुले बलिदानको त्यागको श्रेष्ठता देखाउनुभएको र त्यो अतुलनिय भएको बताए ।

शहीदका योगदानसँग बाँचेका मानिसहरुको कुनैपनि योगदान तुलना हुन नसक्ने पनि प्रधानमन्त्री ओलीले बताए । अहिले जुन उपलब्धी, सफलता र उचाई प्राप्त भएको छ ती सबै कुराको पछाडी शहीदको बलिदानले काम गरेको पनि उनको भनाई छ ।

शहीदहरु सबैका साझा भएकोले शहीदको बलिदानबाट प्राप्त भएका उपलब्धीहरु समेत सबैको साझा भएको बताए । शहीदको बलिदानीबाट प्राप्त भएका उपलब्धीहरुको रक्षा गर्ने, सुदृढ गर्ने र अगाडि बढाई शहीदका सपना पूरा गर्ने जिम्मेवारी अहिलेको र आगामी पुस्ताको भएको पनि बताए ।

शहीदको बलिदानीपूर्ण संघर्षको मार्गदर्शनबाट समृद्ध नेपाल निर्माण गरी जनतालाई सुखी बनाउँदै राष्ट्रिय आकांक्षा पूरा गर्ने तर्फ सरकार अग्रसर रहेको पनि प्रधानमन्त्री ओलीले बताए ।

शहीद दिवसको अवसरमा शुक्रबार काठमाडौं महानगरपालिकाको संयोजनमा शान्तिवाटिकाबाट लैनचौर स्थित सहिद स्मारकसम्म प्रभातफेरी आयोजना गरिएको थियो ।

कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा लगायत विभिन्न मन्त्रीहरुको पनि उपस्थिति रहेको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top