मेरो कार्ययोजनाका कारण लोडसेडिङको अन्त्य भयो : उर्जामन्त्री रायमाझी

१७ माघ, काठमाडाैँ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले दीर्घकालिन योजनाका साथ विकास र समृद्धिको कार्यलाई अघि बढाइरहनुभएको बताएका छन् । उनले विगतमा निकै राम्रा काम भएकाले प्रतिपक्षले विरोध नगरी बसेपनि पार्टीभित्रकै केही नेता सरकारलाई असफल बनाउन योजनावद्धरुपमा लागेको आरोप लगाए ।

अर्घाखाँची–काठमाडौँ सम्पर्क मञ्चले शनिबार यहाँ आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले राष्ट्रियताको रक्षा, विकास र समृद्धिको लागि प्रधानमन्त्री ओलीले खेलेको भूमिकाका कारण उहाँको छवि बढेर गएको बताए ।

Advertisement

“ओली हटाउने हस्ताक्षर क्याम्पेनको सबैभन्दा पहिले विरोध गर्ने व्यक्ति मै हुँ”, उनले भने, “आफ्नै पार्टी भित्रैबाट प्रधानमन्त्रीलाई कामै गर्न नदिई असफल बनाउन खोज्नुलेनै दुर्भाग्यपूर्ण अवस्था सिर्जना भयो ।”

मन्त्री रायमाझीले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको पार्टी अबको निर्वाचनमा पहिलो शक्तिको रुपमा स्थापित हुने भन्दै निर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिए ।

Advertisement

उनले आफू अघिल्लो पटक ऊर्जा मन्त्री हुँदा बनेको ९९ वुँदे कार्ययोजनाका कारण लोडसेडिङको अन्त्य सम्भव भएको भन्दै मन्त्रालयले अघि सारेका नयाँ योजना छिट्टै सार्वजनिक गर्ने बताए ।

सांसद चन्द्रबहादुर खडकाले प्रचण्ड माधव नेपालका कारण देशमा अस्थिरता सिर्जना भएको बताए । भेलाले विशाल मिश्रलाई संयोजक र दुर्गा खनालाई सहसंयोजक तोक्दै १ सय २१ सदस्यीय कमिटी निर्माण गरेको छ ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top