संरक्षित क्षेत्रमा बढ्यो सुरक्षा चुनौती

काठमाडौँ: पछिल्लो समय संरक्षित क्षेत्रमा सुरक्षा चुनौती बढेसँगै यसको नियन्त्रणका लागि सरकारका विभिन्न निकायले सक्रियता बढाएका छन् । सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको सङ्कटमा परेको अस्तिìव रक्षा गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाली सेना, नेपाल प्रहरीसहित तीनवटै सुरक्षा निकाय सक्रिय बनाइएको छ ।

सुरक्षा सक्रियताकै कारण त्यस्ता वन्यजन्तुका आखेटोपहार तथा वनपैदावर बोकेका मानिस सहरी क्षेत्रमा धमाधम पक्राउ पर्न थालेका छन् । यही माघ १० गते काठमाडौँको महाराजगञ्जमा प्रतिबन्धित वनपैदावरका रूपमा रहेको पाँचऔँलेसहित एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ ग¥यो । ती व्यक्तिको साथबाट सात केजी पाँचऔँले जडीबुटी बरामद भएको थियो ।

त्यसअघि पुस ९ गते चरिबाघको छालासहित अर्का एक व्यक्ति काठमाडौँकै टोखाबाट पक्राउ परे । मङ्सिर ३० गते टोखाबाटै वन्यजन्तुको आखेटोपहार र जीवित सरिसृप सुनगोहोरोसहित दुई व्यक्ति पक्राउ परेका थिए । सहरी क्षेत्रमा प्रतिबन्धित वनपैदावर र वन्यजन्तुका आखेटोपहार बोकेकाहरू दिनहुँजसो नै पक्राउ परिरहेका छन् ।

Advertisement

उता संरक्षित क्षेत्रभित्र पनि बारम्बार सिकारमा संलग्न मानिस पक्राउ पर्ने क्रम जारी छ । गत भदौ २१ गते चितवन निकुञ्जमा गोली हानिएको घाइते गैँडा फेला परेसँगै सिकारीको समूह चलमलाएको आशङ्का गरिएको थियो । सो गैँडा उपचारका क्रममा मरेको थियो । देशका विभिन्न संरक्षित क्षेत्रमा सुरक्षामा खटिएको सेनाले लगत्तै अपरेसन महाहण्ट–७ सञ्चालन गरी संरक्षित क्षेत्रमा खोजतलास तीव्रपारिरहेको छ ।

त्यस क्रममा माघ ४ गते चितवन राष्ट्रिय निकुञ्जमा खाग तस्करका नाइकेका रूपमा चिनिएका एक जना व्यक्ति पक्राउ परेका थिए । त्यस्तै माघ २ गते चोरी सिकारमै संलग्न मानिएका दुई जना व्यक्ति पक्राउ परेका थिए ।

Advertisement

माघ १ गते शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज नजिकको बस्तीबाट पाँच जनालाई हातहतियार र आखेटोपहारसहित निकुञ्जका कर्मचारी तथा प्रहरीले पक्राउ गरेका थिए । सोही क्षेत्रबाट पुस २७ गते भरुवा बन्दुकसहित एक सिकारी पक्राउ परेका थिए । यो अवस्थाले संरक्षित क्षेत्रमा सुरक्षा चुनौती बढेको देखाएको छ ।

यसरी कोभिड–१९ को महामारी तथा राजनीतिक अस्थिरताको अवस्था सिर्जना भएको आभास पाएर संरक्षित क्षेत्रमा चोरी सिकारमा संलग्न व्यक्ति चलायमान हुन खोजेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले जनाएको छ । विभागका प्रवक्ता हरिभद्र घिमिरेले कोभिडमा सबै मानिस घरघरमै बसेकाले पनि संरक्षित क्षेत्रमा बढी चाप परेको बताउनुभयो ।

उहाँले हात्तीलाई करेन्ट लगाएर मार्ने काम भएको घटना ठूलो चुनौतीका रूपमा देखिएको स्वीकार गर्नुभयो । यस वर्षको भदौको घटना अघि २०७३ साल चैत २५ गते एउटा गैँडालाई गोली हानेर मारेको घटना भएको थियो । उहाँका अनुसार संरक्षित क्षेत्रमा पछिल्लो समय सुरक्षा गस्ती तीव्र पारिएको छ । प्रतिबन्धित वन पैदावर तथा वन्यजन्तुका आखेटोपहार ओसारपसार नियन्त्रण गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सक्रिय रहेको छ । ब्युरोका प्रमुख सहकुलबहादुर थापाले भन्नुभयो, “हाम्रै सक्रियताले पछिल्लो समय बढी मानिस पक्राउ परिरहेका छन् । ”, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top