पीएम कप: जारी फाइनलमा आर्मीले एपीएफलाई दियो २१२ रनको लक्ष्य

१७ माघ, काठमाडौँ । चौथो संस्करणको प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा अहिले दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लबबीचको खेल जारी छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भइरहेको खेलमा आर्मीले एपीएफलाई जितका लागि २१२ रनको लक्ष्य दिएको छ । एपीएफले टस जितर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको आर्मीले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २११ रन बनाएको हो ।

आर्मीका लागि हरि चौहानले अर्धशतकीय इनिङ्स खेल्दै सर्वाधिक ५८ रन बनाए । यस्तै राजेश पुलामी मगरले २८ रन बनाए । शहाब आलमल २५ रनमा अविजित रहे । अन्य खेलाडीले उल्लेख्लय ब्याटिङ गर्न सकेनन् । एपीएफका लागि अभिनाश बोहरा एक्लैले ४ विकेट लिए ।

Advertisement

एपीएफविरुद्धले आर्मीले अनिल मण्डलसँगै बलर सुशन भारीलाई ओपनिङ गराएको थियो । ९ ओभरमा दुई जनाले ३२ रनको साझेदारी गरेका थिए ।

तर किशोर महतोले भारीलाई नवौं ओभरको अनतिम बलमा विकेटकिपर सुबास खकुरेलबाट क्याचआउट गराए । लगत्तै अर्को ओभरको पहिलो बलमा अभिनाश बोहराले अर्का ओपनर मण्डललाई आसिफ शेखबाट क्याचआउट गराएपछि आर्मीले ३२ रन हादा २ विकेट गुमायो ।

त्यसपछि भिम शार्की ७ रन बनाएर १८औं ओभरको पहिलो बलमा आउट भए । अभिनाश बोहराको बलमा सुवास खकुरेलबाट धिम क्याचआउट भए । धिमले ३६ बल खेल्दै जम्मा ७ रन बनाए । भिम आउट भएपछि पाँचौ नम्बरमा ब्याटिङ गरेका रोहितसंग ऐरीले चौथो विकेटका लागि ४१ रनको साझेदारी गरे ।

तर १३ रन बनाएका रोहित कुमार पौडेल भुवन कार्कीको बलमा अमर राउटेलाबाट २७औं ओभरको दोस्रो बलमा क्याचआउट भए । कप्तान विनोद भण्डारी पनि ७ रन बनाएर आउट हुँदा आर्मीले ३३.४ ओभरमा १०७ रन हुँदा पाँच विकेट गुमायो । निवौलाई कमलले एलबिडब्ल्यु धरापमा पारे । राजेशले २९ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा २८ रन जोडे ।

यस्तै छैटौं विकेटका लागि हरिले राजेश पुलामी मगरसंग ४४ रनको साझेदारी गरे । त्यसपछि आठौं नम्बरमा ब्याटिङ गरेका लोकेश बामले आक्रमक ब्याटिङ गर्दै आर्मीको रन गति बढउने प्रयसा गरेका थिए । तर ९ बल खेल्दै २ छक्का मद्दतमा १५ रन बनाएर लोकेश ४५औं ओभरको चौथो बलमा आउट भए । अभिनाशले किशोर महतोको हातबाट लोकेशलाई क्याचआउट गराए ।

४७औं ओभरको पहिलो बलमै एपीएफका अभिनाश बोहराले हरि चौहानलाई कमल ऐरीबाट क्याचआउट गराउदा आर्मीले आठौं विकेट गुमायो । चौहानले १०२ बल खेल्दै ६ चौका मद्दतमा सर्वाधिक ५८ रन बनाए ।

अन्तिम ओभरको दोस्रो बलमा विक्रम सोव ११ रन बनाएर आउट भए । उनलाई एपीएफका कप्तान शरद भेषावकरले कमल ऐरीबाट क्याचआउट गराए । शहाब आलम २५ रनमा अविजित रहे । उनले १४ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे ।

एपीएफका लागि शानदार बलिङ गरेका अभिनाश बोहराले विकेट लिए । किफायती बलिङ समेत गरेका उनले १० ओभरमा २ ओभर मेडन राख्दै २५ रन खर्चिएर ४ विकेट लिए । प्रतियोगितामा १४ विकेट लिएका अभिनाश सर्वाधिक विकेट लिनेमा शीर्ष स्थानमा छन् ।

यस्तै किशोर महतोले १० ओभरमा ५३ रन खर्चेर २ विकेट लिए ।

कमल ऐरी र भुवन कार्कीले १(१ विकेट लिए । भुवनले १० ओभरमा २६ रन मात्र खर्चिए । कमलले १० ओभरमा १ मेडन राख्दै ३४ रन खर्चिए । कप्तान शरदले ६ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए ।

एपीएफले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ । समूह चरणमा एपीएफले आर्मीलाई ६ रनले पराजित गरेको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top