धनगढीमा प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन

१७ माघ, धनगढी । धनगढीमा नेकपा प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन सुरू भएको छ ।

धनगढी चौराह र क्याम्पस रोडबाट नाराबाजीसहित जुलुस निकालिएको छ । जुलुसमा सहभागी कार्यकर्ताले प्रधानमन्त्रीविरूद्धमा नाराबाजी गरिरहेका छन् ।

उक्त समूहका नेता दीर्घ जोशीले बृहत् ¥याली सुरू भएको जानकारी दिए।

Advertisement

उनले केहीबेरमा खुलामञ्चमा सुरू हुने विरोध सभातर्फ ¥याली पुग्ने बताए।

सभामा वक्ताका रूपमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का अध्यक्ष माधव कुमार नेपाल र प्रदेश इन्चार्ज भीम रावललाई राखिएको छ।

Advertisement

उनीहरूले पालैपालो सभालाई सम्बोधन गर्दैछन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top