×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एकैसाथ पाँचवटा खानेपानी योजना निर्माण शुरु

१८ माघ २०७७

१८ माघ, तनहुँ ।
तनहुँको घिरिङ गाउँपालिका–१ मा एकैसाथ पाँचवटा खानेपानी योजना निर्माण शुरुआत भएको छ ।

खानेपानी सुविधा नपुगेका घरमा खानेपानी पु¥याउने उद्देश्यका साथ गण्डकी प्रदेश सरकारको सहयोगमा एकैसाथ पाँचवटा खानेपानी योजना निर्माण शुरु भएको हो ।

Advertisement
Advertisement

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको रु १० करोड ६० लाख ६७ हजार ९०९ को लागतमा पाँचवटा योजना निर्माण शुरु भएको डिभिजन खानेपानी तथा सरसफाइ कार्यालयका इञ्जिनीयर वामदेव पौडेलले जानकारी दिए ।

स्किम–१ अन्तर्गत कटहरेमा रु दुई करोड पाँच लाख ८३ हजार ११९, स्किम–२ अन्तर्गत पुट्टारमा रु दुई करोड १४ लाख ६८ हजार ६२१, स्किम–३ अन्तर्गत बैडीमा रु चार करोड आठ लाख १३ हजार ४२४, स्किम–४ अन्तर्गत भन्टारमा रु ५९ लाख १०४ र स्किम–५ अन्तर्गत अत्रौलीमा रु एक करोड ७३ लाख दुई हजार ६४० को लागतमा खानेपानी योजना निर्माण हुनेछ ।

बृहत् खानेपानी योजनाबाट ५९७ घरधुरी लाभान्वित हुनेछन् । इञ्जिनीयर पौडेलका अनुसार स्किम–१ बाट कटहरेका ८६, स्किम–२ अन्तर्गत पुट्टारका ८५, स्किम–३ अन्तर्गत बैडीका २४२, स्किम–४ अन्तर्गत भन्टारका ३९ र स्किम–५ अन्तर्गत अत्रौलीका १४५ घरधुरी लाभान्वित हुनेछन् ।

सबै खानेपानी योजनामा स्थानीयवासीले १० प्रतिशत श्रमदान गर्नुपर्नेछ । योजना निर्माणका लागि विसं २०७७ असार २४ गते लमजुङको पराजुली कन्स्ट्रक्शन प्रालिले ठेक्का पाएको छ । सबै योजनाको सम्पन्न गर्नुपर्ने म्याद विसं २०७९ असार २४ सम्म रहेको छ ।

कटहरेमा इन्टेक सम्पवेल, पम्पहाउस, ३५ घनमिटर आरसिसी पानीपोखरी निर्माण, धारालगायतका काम सम्पन्न हुने उपभोक्ता समितिका अध्यक्ष गणेश ठकुरीले जानकारी दिए। पुट्टारमा इन्टेक सम्पवेल, पम्पहाउस, ३५ घनमिटर आरसिसी पानीपोखरी, सोलार फिटिङ, धारा, पाइप तथा फिटिङ्स खरिदको काम हुने उपभोक्ता समितिका अध्यक्ष विजय भट्टराईले जानकारी दिए ।

बैडीमा इन्टेक सम्पवेल, पम्पहाउस, १५० घनमिटर आरसिसी पानीपोखरी निर्माण, सोलार फिटिङ, धारा, पाइप तथा फिटिङ्स खरिदको काम हुने उपभोक्ता समितिका अध्यक्ष केशवराज पोखरेलले जानकारी दिए ।

भन्टारमा इन्टेक, धारा, पाइप तथा फिटिङ्स खरिदको काम हुनेछ भने अत्रौलीमा पानी प्रशोधन केन्द्र, क्रसिङ, भल्भ च्याम्बर, धारा, पाइप तथा फिटिङ्स खरिदको काम हुनेछ ।

Advertisement

यस अगाडि उक्त ठाउँमा एउटा धाराबाट आठ÷दश घरधुरीका स्थानीयवासीले खानेपानी उपभोग गर्दै आएका थिए । बृहत् खानेपानी योजना निर्माण शुरु भएर घरघरै धारा जडान हुने भएपछि स्थानीयवासी खुशी भएका छन् ।(रासस)

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top