सिरहामा थपिए २१ हजार नयाँ मतदाता

१७ माघ ७७, आइतबार

१८ माघ, लहान ।
सिरहामा २१ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा ११ हजार छ पुरुष र १० हजार चार महिला गरी २१ हजार १० नयाँ मतदाता थपिएका हुन् ।

सरकारले अगामी वैशाख १७ र २७ गरी दुई चरणमा निर्वाचन घोषणा गर्नु अघिल्लो दिनसम्म गरी मतदाता अद्यावधि गर्ने क्रममा सो मतदाता थपिएको कार्यालयका प्रमुख इन्दिरा यादवले जानकारी दिइन् ।

२०७४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लामा एक लाख ८४ हजार १०१ पुरुष, एक लाख ६० हजार २६७ महिला र दुईजना तेस्रोलिंगी गरी तीन लाख ४४ हजार ३७० मतदाता थिए ।

अघिल्लो निर्वाचनमा रहेका २२१ मतदानस्थललाई कायम राख्ने निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षमा रहेको जिल्ला निर्वाचन कार्यक्रम व्यवस्थापन तथा अनुगमन समितिको बैठकले गत २०७४ को निर्वाचनका बेलाका मतदानस्थललाई नै कायम राख्ने निर्णय गरेको कार्यालय प्रमुख यादवले जानकारी दिइन् ।

उनका अनुसार निर्वाचन कार्यालयले घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी आयोगको तालिकाअनुसार जिल्लामा मतदाता नामावली अद्यावधिक कार्य अगाडि बढाएको छ ।

यही माघ १५ गते प्रत्येक स्थानीय तहमा मतदाता नामावली प्रकाशन गरी माघ १६ र १७ गते त्रुटि सच्याउन निवेदन दिने, झुटा विरणविरुद्ध उजुरी दिने, दोहोरो नामावली हटाउन निवेदन दिने, मृत्यु वा नागरिकता परित्याग गरेको मतदाताको स्थानीय पञ्जिकारबाट नामावली संकलन गरिने कार्य सकिएको छ ।

आएका उजुरीहरूमाथि माघ १८ र १९ गते सफाइको मौका दिइने र माघ १८ देखि २० गतेभित्र निवेदनको आधारमा त्रुटि सच्याउने, दोहोरो नामावली हटाउने, स्थानीय पञ्जिकारबाट प्राप्त मृतक मतदाताको नामावली निर्वाचन आयोगमा पठाउने, माघ २० गते दाबी विरोध उजुरीउपर कारबाही गरिने र माघ २१ गते मतदाताको अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम तय भएको कार्यालयले जनाएको छ ।

यसका साथै सिरहाको १७ वटै स्थानीय तहमा एक–एक सहायक निर्वाचन अधिकृत छनोट गरी खटाइने छ ।(रासस)

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top