ओलीको दिनगन्ती सुरु, सरकार पाकेको फलझै झर्छः झलनाथ खनाल

१८ माघ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका वरिष्ठ नेता झलनाथ खनालले संसद पुर्नस्थापनाको विकल्प नभएको बताएका छन् ।

Advertisement

आइतबार प्रचण्ड–माधव पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा माइतीघर मण्डलामा गरेको धर्ना कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै बरिष्ठ नेता खनालले प्रतिनिधि सभा पुर्नस्थापनाको विकल्प नभएको बताएका हुन् ।

नेपाली जनताले प्राप्त गरेका अधिकार र संविधानको रक्षाको निम्ति संसदको पुर्नस्थापना गर्नुपर्ने उनको भनाई छ ।

Advertisement

प्रधानमन्त्री ओली फेल भइसकेको भन्दै नेता खनालले प्रधानमन्त्री ओलीको दिनगन्ती सुरु भइसकेको बताए । सरकार पाकेको फलझै झर्ने उनको भनाई छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top