ओलीले राजा रजौटासँगको साँठगाँठमा संसद् विघटन गरेः प्रचण्ड

१८ माघ, काठमाडाैँ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले देशभित्रका राजा रजौटासँगको साँठगाँठमा प्रतिनिधि सभा विघटन गरेको बताएका छन् ।. आइतबार आफु निकट अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले देशभित्रका सामन्ती राजा रजौटा र निरंकुशतावादीहरुसँग साँठगाठ गरेर प्रतिनिधि सभा विघटन गरेको बताएका हुन् ।

उनले देश बाहिरका दक्षिणपन्थी प्रतिक्रियावादीहरुको इशारामा ठूलो डिजाइन अन्र्तगत नेपाली जनतालाई अपमानित गर्ने रणनीतिका साथ जनताले हासिल गरेका राजनीतिक उपलब्धि माथि प्रहार गरिएको पनि बताए । अध्यक्ष प्रचण्डले प्राप्त उपलब्धीको रक्षाको निम्ति पुनः जुर्मुराएर आन्दोलित हुनुपर्ने अवस्था आएको औँल्याए ।

Advertisement

 नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले आफुतिर मान्छे तान्न भएभरको शक्ति लगाएको बताए । ओलीले भएभरको शक्ति लगाएर आफुतर्फ तान्ने प्रयास गरेको भएपनि धेरै नेताहरुले अस्वीकार गरेको उनको भनाई छ । प्रतिनिधि पुनस्र्थापना भए ओली पक्षका २० जना नेताहरुले आफुहरुलाई साथ दिने बचन दिएको पनि नेता नेपालले बताए ।

अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पार्टीले गर्ने विरोध सभामा किसानहरुको तर्फबाट उल्लेख्य सहभागिता जनाउन तथा आफ्नो पक्षमा नेता कार्यकर्तालाई राखिरहन निर्देशन पनि दिए ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top