म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकी पक्राउ, सैनिक ‘कू’को आशंका

१९ माघ, एजेन्सी ।

Advertisement

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई सेनाले पक्राउ गरेको छ । सेनाले कु गर्न सक्ने अनुमान भएकै बेला नेतृ सुकीलाई आज विहान पक्राउ गरिएको सुकीको पार्टी नेसनल लिग फर डेमोक्रेसीका प्रवक्ताले जानकारी दिएका हुन् ।

गत नोभेम्बरमा भएको संसदीय निर्वाचनमा सुकी नेतृत्वको पार्टीले सरकार गठन गर्नका लागि अत्याधिक बहुमत प्राप्त गरेको भएपनि सेनाले निर्वाचनमा धाधली भएको भन्दै सरकार गठन गर्न दिएको थिएन ।

Advertisement

सेनाको अस्विकृतिपछि त्यहाँ सरकार गठन हुन सकिरहेको थिएन । सुकीको पार्टीले आजै सरकार गठन गर्ने कार्यतालिका बनाएको थियो ।

सेनाले नेतृ सुकीसहित राष्ट्रपति उइन मिन सहितका प्रमुख व्यक्तिलाई पक्राउ गरेपछि राजनीतिक संकट र अन्यौल बढेको समाचार विश्लेषण गरिएको छ । गत आम निर्वाचनमा नेतृको दलले संसदमा ८३ प्रतिशत मत ल्याएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top