बागमतीका सभामुख अल्पमत सरकारको छाँया बनेः अष्टलक्ष्मी शाक्य

१९ माघ, काठमाडौँ । बागमती प्रदेशको प्रदेश सभा फागुन ५ गते सम्मका लागि स्थगित भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका सांसदहरुले विरोध जनाएका छन् ।

बागमती प्रदेश, प्रदेश सभाको सोमबार बोलाईको बैठक सभामुख सानुकुमार श्रेष्ठले फागुन ५ गते सम्मका लागि स्थगित गरेपछि सांसदहरुले विरोध जनाएका हुन् । नेकपाका प्रचण्ड–माधव समूहका सांसदहरुले प्रदेश सभाको बैठक बोलाउन माग गर्दै प्रदेश सभा सचिवालयमा नाराबाजी समेत गरेका छन् ।

सभामुख श्रेष्ठले मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने सांसदहरु र अन्य दलसँग समेत कुनै छलफल नगरी, कार्य व्यवस्था परामर्श समितिको बैठक समेत नराखी, कुनै कारण नखुलाई संसद स्थगन गरेको भन्दै तत्काल सच्याउन माग गर्दै सांसदहरुले विरोध प्रदर्शन गरेका हुन् ।

Advertisement

त्यस लगत्तै आयोजना गरिएको पत्रकार सम्मेलनमा सांसद अष्टलक्ष्मी शाक्यले सभामुखले एकलौटी ढंगले कसैसँग पनि छलफल नगरी बैठक सार्ने काम गर्नुभएको बताइन ।

सभामुख श्रेष्ठले तटस्थ भएर निर्णय गरेको नभई अल्पमतमा रहेको सरकारको छायाको रुपमा काम गरेको आरोप समेत सांसद शाक्यले लगाइन । उनले बैठक स्थगन गर्ने कदमलाई सच्याएर तत्काल बैठक राख्न समेत माग गरिन ।

Advertisement

बागमती प्रदेशको बैठक फागुन ५ गतेसम्मका लागि स्थगित भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद रहेको छ । त्यसको असर प्रदेश सभामा पनि देखिएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top