महाभियोग विरुद्धको सुनुवाईका लागि ट्रम्पद्वारा दुई वकील नियुक्त

१९ माघ, वासिङ्टन।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू विरुद्ध सिनेटमा हुन लागेको महाभियोगमाथिको सुनुवाईका लागि प्रतिरक्षा गर्न दुई जना वकील नियुक्त गरेका छन् ।

पूर्व राष्ट्रपति ट्रम्प विरुद्ध एक कार्यकालमै दुई पटक महाभियोग लागेको थियो ।ट्रम्पले नियुक्त गरेका वकीलहरुमा डेभिड सोएन र ब्रुस एल. क्यास्टर जुनियर रहेका छन् । विगतमा ट्रम्पसँग रहेका कतिपय वकीलले विदा लिइसकेकाले थप दुई वकील राख्नु परेको हो ।

Advertisement

अमेरिकी सिनेटमा आगामी फेब्रुअरी ८ देखि महाभियोगमाथि सुनुवाई हुँदैछ । ट्रम्पको गत जनवरी २० मा कार्यकाल समाप्त भए पनि अमेरिकी संसद भवनमा ट्रम्पको उक्साहटमा आक्रमण भएको भन्दै डेमोक्रेट पार्टीले उनी विरुद्ध अविश्वास प्रस्ताव अघि बढाएको छ ।

अमेरिकी तल्लो सदनले महाभियोग लगाउने प्रस्ताव स्वीकृत गरी सिनेटमा पठाइसकेको छ । अमेरिकी संविधान र कानुन बमोजिम सिनेटको दुई तिहाईले पारित गरेमा मात्र कुनै पनि राष्ट्रपति विरुद्ध महाभियोग पारित हुने प्रावधान छ ।

Advertisement

सिनेटमा हाल रिपब्लीकन र डेमोक्रेटिक पार्टीबाट समान ५०–५० सदस्य रहेकाले ट्रम्प विरुद्धको महाभियोग पारित हुने सम्भावना भने कम रहेको छ ।

हालसम्म पाँच जना रिपब्लीकन सिनेटर सदस्यले मात्र ट्रम्प विरुद्धको महाभियोग लगाउनु पर्ने मत सार्वजनिक गरेका छन् । महाभियोग पारित हुन अझै १७ रिपब्लीकन सिनेटरले समर्थन जनाउनु पर्नेछ, जुन निकै कठिन छ ।रासस–एएफपी

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top