झापामा पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

१८ माघ ७७, सोमबार

१९ माघ, झापा।
झापा शिवसताक्षी–३ का ३० बर्षीय राज कुमार खेमदेन लिम्बुको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ ।

आज दिउँसो सवा ३ बजे शिवसताक्षी–१ स्थित लामाबस्ती भित्री सडकखण्डमा मे १ ज १५२८ नम्बरको पिकअप भ्यानले मे ६ प ५०६८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक लिम्बुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ठक्कर दिने पिकअप नियन्त्रणमा लिईएको छ भने चालक तत्काल फरार रहेकोले उनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top