Nepal Times
Nepal Times
3
Shares

सेनाका बख्तरबन्द गाडीले लगाए चक्रपथ चक्कर

सेनाका बख्तरबन्द गाडीले लगाए चक्रपथ चक्कर

२० माघ, काठमाडौँ ।

नेपाली सेनाका बख्तरबन्द गाडीले सोमबार राति काठमाडौंको चक्रपथमा चक्कर लगाएका छन् । नियमित अभ्यास योजनाअनुसार सेनाले राति दस बजेपछि बख्तरबन्द गाडीले चक्रपथको चक्कर लगाएको हो ।

नियमित अभ्यास भएकाले सर्वसाधारणलाई अनावश्यक त्रास नहोस् भनेर निर्देशनालयले आइतबार सार्वजनिक सूचना जारी गरेको थियो ।जानकारहरुका अनुसार लामो समयदेखि सेनाले बख्तरबन्द गाडीहरु यसरी सडकमा निकालेर अभ्यास गरेको छैन । प्रतिनिधिसभा विघटनसँगै राजनीतिक अवस्था तरल रहेको बेला सेनाले बख्तरबन्द गाडीको अभ्यास गर्नु अर्थपूर्ण भएको उनीहरु बताउँछन् ।

त्यस्तै ८ वटै पृतना अन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको पनि सैनिक जनसम्पर्क निर्देशनलायले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.