चीनमा कोरोनाको नक्कली खोप बेच्ने दर्जनौं पक्राउ

१९ माघ ७७, मंगलबार

२० माघ, एजेन्सी ।
चीनमा ८० जनाभन्दा बढी मानिसलाई कोरोनाभाइरसको नक्कली खोप बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

Advertisement

राजधानी बेइजिङ र पूर्वी चीनका विभिन्न स्थानमा छापा मारेर झन्डै ३,००० मात्रा नक्कली खोप बरामद भएको छ। त्यस्तो नक्कली काम गत सेप्टेम्बरदेखि सुरु भएको अनुमान गरिएको छ।

यो साताको अन्तिमतिर चिनियाँ नववर्षको उत्सव सुरु हुनुअघि चीन पाँच करोड मानिसलाई कोभिड खोप दिन प्रयासरत छ।

Advertisement

विगतमा चीनमा म्याद सकिएका खोप वितरणसहित विभिन्न खालका जनस्वास्थ्यसँग सम्बन्धित विवादहरू उत्पन्न भएका थिए।(बीबीसी)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top