Nepal Times
Nepal Times
3
Shares

प्रेमी थिर कोइरालासँग बिहे गर्ने तयारीमा अञ्जु पन्त

प्रेमी थिर कोइरालासँग बिहे गर्ने तयारीमा अञ्जु पन्त

२० माघ, काठमाडाैँ ।

गायिका अञ्जु पन्तले विवाह गर्ने तयारी गरेकी छिन् । एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका इलामका थिर कोइरालासँग उनको बिहे हुन लागेको हो । अन्जुले एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स गरेकी थिइन् । मनोजराजले कृष्णा सिवाकाेटीसँग विवाह गरिसकेका छन् भने एक सन्तान पनि भइसकेको छ ।

केही वर्षदेखि एक अर्काको प्रेममा रहेकी अन्जु आफैँले विवाह गर्न लागेको बताएकी हुन् । अञ्जुकी छोरी परितोशिका पन्तले केही समयदेखि मिडियामा आमाले बिहे गर्नुपर्ने बताउँदै आएकी थिइन् । अञ्जुले पनि छोरीको दबाबका कारण बिहे गर्ने विषयमा सोचिरहेको बताएकी थिइन् ।विवाहका लागि दुवैतर्फ कुराकानी भइसकेको भएपनि कहिले विवाह गर्ने भन्नेबारे भने टुङ्गो लागिसकेको छैन ।

थिर र अञ्जु दुवै क्रिश्चियन धर्ममा आस्था राख्छन् । थिरसँगको एक अन्तर्वार्ताको क्रममा अञ्जुको भेट भएको थियो । यसपछि भने उनीहरु नजिक भएका थिए । थिरले अञ्जुको आवाजमा समावेश केही गीतमा शब्द समेत कोरेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.