कीर्तिमानी आरोही निर्मल पूर्जा मगर सद्भावनादूत

२० माघ ७७, बुधबार

२१ माघ, काठमाडौं ।

नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ को शिशिर याममा सफल आरोहण गरी नयाँ अभिलेख बनाएका आरोही निर्मल पूर्जा मगर ‘निम्स’ लाई सद्भावनादूत ‘गुडविल एम्बास्टर’ घोषणा गरेको छ । नेपाली पर्वतारोहीहरूको छाता सङ्गठन एनएमएले विश्वकै कठिन हिमाल केटूको सफल आरोहण गरी देशको पहिचानलाई विश्वभर पु¥याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै मगरलाई सन् २०२१ का लागि सद्भावनादूत बनाएको हो ।

आरोही मगरले यसअघि सात महिनामा विश्वका ८,००० मिटरभन्दा माथिका १४ वटा उच्च हिम शिखर सफलतापूर्वक आरोहण गरी ‘गिनिज बुक अफ वल्ड रेकर्ड’मा नाम दर्ता गर्न सफल हुनुभएको थियो । हालै आठ हजार ६११ मिटर उचाइको केटू प्रथम आरोही भएका आरोहण दलको नेतृत्व गर्ने पूर्जा मगरलाई नेपाल र नेपालको पर्वतीय पर्यटन विश्वमा प्रचारप्रसार तथा प्रवद्र्धनसहित सङ्घको प्रवद्र्धनमा सहयोग पुग्ने उद्देश्यले एनएमएले सद्भावनादूत घोषणा गरेको हो ।

Advertisement

यही माघ १८ गते सम्पन्न एनएमएको केन्द्रीय कार्य समितिको ५७औँ अत्यावश्यक बैठकले सद्भावनादूत मनोनयन गर्ने निर्णय गरी एनएमएको सन् २०२१ का लागि सद्भावनादूतका रुपमा जिम्मेवारी दिइएको संस्थाका महासचिव कुलबहादुर गुरुङले जानकारी दिए । सद्भावनादूत भएर संस्थाको साथै नेपालको पर्वतीय पर्यटनको प्रचारप्रसार कार्यक्रममा मगरले पुर्याउन सक्ने योगदानको कदरस्वरुप सङ्घको तर्फबाट मगरलाई करबाहेक नगद रु एक लाख उपलब्ध गराइने एनएमएका अध्यक्ष सन्तवीर लामाले जानकारी दिए ।

मगरसहित १० जना नेपाली आरोही समूहले ३८ वर्षपछि शिशिर ऋतु (विन्टर सिजन) मा गत माघ ३ गते (सन् २०२१ जनवरी १६ तारिख) मा पाकिस्तानस्थित केटू को सफलतापूर्वक आरोहण गरी नेपालको राष्ट्रिय झण्डा फहराई विश्व कीर्तिमान कायम गर्न सफल भएका थिए ।

Advertisement

त्यसैगरी एनएमएले केटू प्रथम आरोहण विजेता १० जना विश्व विख्यात कीर्तिमानी आरोहीलाई संस्थाबाट बधाइ, सम्मान तथा हौसला स्वरुप संस्थाको सदस्यता नवीकरण शुल्कमा १० वर्षसम्मको साधारण सदस्यता शुल्क मिनाहा गर्ने निर्णय गरेको संस्थाले आज सद्भावनादूत घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यसरी छुट गरिएका आरोहीमा निर्मल, पूर्जा मगर, मिङमा ग्याबु शेर्पा, मिग्मा गेल्जे शेर्पा, किलु शेर्पा, सोना शेर्पा, पेमद्धिरी शेर्पा, दाबा तेन्जिङ शेर्पा, गेल्जेन शेर्पा र मिङ्मा तेञ्जी, शेर्पा रहेका छन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top