बाँध निर्माणका लागि अरुणको पानी सुरुङमा

संखुवासभा : संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट अरुण तेस्रो जलविद्युत् परियोजनामा अन्तर्गत अरुण नदीमा ड्याम निर्माणका लागि पानी डाइभर्सन गरिएको छ । सोमबार सतलज कम्पनीका निर्देशक नन्दलाल शर्माले पानी डाइभर्सन कार्यको सोमबार उद्घाटन गरेका छन् । अरुण नदीको पानी डाइभर्सन गर्ने ४२९ मिटरको सुरुङ निर्माण गरिएको छ ।

सतलज कम्पनीका निर्देशक शर्माले भने हामीले ९ सय मेगावाटको अरुण तेस्रो परियोजना चाडैं सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त गरे । अरुण नदीको पानी सफलतापूर्वक डाइभर्ट भएपछि बाँध निर्माणको जिम्मा लिएको जयप्रकाश एसोसियट्स निर्माण कम्पनीलाई धन्यवाद समेत दिएका छन् । शर्माले भने विकास सम्झौतामा उल्लेख भए अनुसारनै अघि बढ्न स्थानिय सरकार सँग सहकार्य गर्न बताए ।

सतलज कम्पनीले स्वास्थ्य,शिक्षा लगायतका कुरामा समेत सहयोग गर्ने प्रतिबद्ध भएको बताए । बाँधस्थलमा जयप्रकाश एसोसियट्स निर्माण कम्पनी तथा विद्युत–गृहस्थल क्षेत्रमा पटेल इन्जिनियरिङ कन्सल्टेन्टले ठेक्का लिएर काम गरिरहेका छन् । अरुणको बाँध निर्माण तथा सुरुङ मार्ग समय अवधि भित्रै सम्पन्न गरेर सतलज कम्पनीलाई जिम्मा लगाउने जय एसोसियट्स निर्माण कम्पनीका डाइरेक्टर प्रविन कुमार सिंहले बताए ।

Advertisement

यससँगै अरुण तेस्रोको भौतिक प्रगति काम ३८ प्रतिशत सम्पन्न भएको जनाएको छ । अरुण नदीको पानी डाइभर्सन भएपछि मंगलबार बाटै ड्याम निर्माण थालिने सतजल कम्पनीले जनाएको छ । यन्त्र राख्न १६ हजार सात सय घनमिटर र ट्रान्सफर्मर राख्न ४७ हजार चार सय घनमिटर सुरुङ खनिएको छ । पाइलट होल ९० मिटर खनिएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top