महामारीमा वैदेशिक रोजगार : ६२ हजारभन्दा बढी नेपाली ९७ मुलुकमा पुगे

२१ माघ ७७, बुधबार
Share this
737shares

कोरोना भाइरसको महामारीकै अवस्थामा ६२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागका निर्देशक टीकामणि न्यौपानेले साउनयता उनीहरू ९७ मुलुकमा पुगेको जानकारी दिए।

Advertisement

विभागका अनुसार पुसमा १४ हजार ७ सय ५३ पुनः र ७ हजार २ सय ९ नयाँ गरी २१ हजार ९ सय ६२ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। मंसिरमा १२ हजार ४ सय ३१ पुनः र ४ हजार ३ सय ७७ नयाँ गरी १६ हजार ८ सय ८, कात्तिकमा ७ हजार ७ सय ९७ पुनः र १ हजार ५ सय ८३ नयाँ गरी ९ हजार ३ सय ८०, असोजमा ८ हजार ९७ पुनः र १ हजार ५ सय ४२ नयाँ गरी ९ हजार ६ सय ३९, भदौमा करिब दुई हजार, साउनमा तीन हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएका हुन्। बेलायत, जापानलगायत कतिपय मुलुकले भने कोरोनाका कारण विदेशी कामदार लैजान रोक लगाएका छन्।

कोरोनाका कारण वैदेशिक रोजगारीबाट २ लाख ४३ हजार ४ सय ५३ नेपाली स्वदेश फर्किएका छन्। कोरोना अवधिमा भारतबाट पाँच लाखभन्दा बढी स्वदेश फर्किएका छन्। तर स्वदेश फर्किए पनि दैनिक जीवनयापन गर्न गाह्रो भएपछि सोही रोजगारीमा जानेको संख्या अधिक छ। खाडी तथा मलेसियाबाट फर्केकाहरू केही अल्पकालीन रोजगारीका लागि भारत पुगेका छन्।, आजको अन्नपूर्ण पोष्ट  दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top