डिसहोमले नेपाली कमेन्ट्री सहित विश्वकपको प्रत्यक्ष प्रसारण गर्ने !

विराटनगर,जेठ २३
अर्को साताबाट रुसमा सुरु हुने विश्वकप फुटबलको डिस होमको एक्सन् स्पोर्टस च्यानलले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । नेपाली कमेन्ट्रीसहितको प्रत्यक्ष प्रसारणमा वरिष्ठ कमेन्टटेटर संजिव शिल्पकारले खेलको कमेन्ट्री गर्नेछन् ।

Advertisement

डिस होमले भने नेपाली दर्शकका लागि नेपाली भाषालाई प्रथामिकतामा राख्दै कमेन्ट्री दिन लागेको हो । नेपालका लागि अधिकारिक प्रसारण डिस होम एक्सन स्पोट्र्स र कान्तिपुर टेलिभिजनले गर्दै छन् ।

डिसहोममा यसबाहेक खेल सुरु हुनु अघि र खेल पछि पनि विभिन्न कार्यक्रमहरु डिस होमले प्रसारण गर्नेछ भने खेल विश्लेषणका लागि फुटबलसँग सम्बन्धित केहि चर्चित व्यक्तित्वहरुपनि आबद्ध हुँदैछन् ।

Advertisement

डिस होमले सार्वजनिक गरेको प्रोमोसन भिडियोमा नेपाल आइडलका शीर्ष तीनमा पर्न सफल गायक प्रताप दासले स्वर दिएका छन् । फुटबलको महाकुम्भ नामक भिडियो नेपाली च्यानलले विश्वकपलाई लक्षित गरेर सार्वजनिक गरेको पहिलो गित पनि हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top