हड्ताल जनताका लागि कि नेताका लागि ? (भिडियो)

२२ माघ, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नै बिहिबार आम हड्तालमा उत्रिएको छ ।

सडकमा उत्रिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका कार्यकर्ता बन्द प्रभावकारी बनाउन सडकमा टायर बाल्ने, यातायातका साधन चले तोडफोड गर्ने, सुरक्षाकर्मीमाथि नै हमला गर्नेसम्मका क्रियाकलाप गरिरहेका छन् ।शान्तिपूर्ण गर्ने भनिएको आमहड्तालमा उदण्डता देखाइएको छ। जनताका लागि आन्दोलन भन्दै आकस्मिकरुपमा आह्वान गरिएको बन्दले आम सर्वसाधारणलाई नै असर परेको छ । सरकारले पूर्ववत रुपमा पेशा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ, आन्दोलनकारीलाई पक्राउ गरेको छ, सडकमा सुरक्षा व्यवस्था कडा बनाएको छ तर पनि नीजि सम्पत्ति तोडफोड हुने त्रासले बजार पसल, यातायात, शिक्षण संस्था लगायत बन्द छन् । लामो समयदेखि, सरकारले असंवैधानिक गतिविधि गरेको भन्दै सत्तारुढ दल नेकपा कै प्रचण्ड–माधव समूह केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध प्रदर्शन गरिरहेको थियो । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय सुनुवाईविनै संवैधानिक परिषद्ले सिफारिस गरेका संवैधानिक आयोगका पदाधिकारी तथा सदस्यहरु नियुक्त गरेपछि प्रचण्ड–माधव समूहले हड्ताल घोषणा गर्यो । शुक्रबार केपी ओली समूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । त्यसका लागि बाहिरी जिल्लाबाट आउने कार्यकर्ता रोक्नका लागिसमेत हड्ताल गरिएको हुन सक्ने विश्लेषण गरिएको छ । जनताका लागि आन्दोलन भनिएपनि हड्तालबाट जनतामा नै प्रत्यक्ष असर पर्ने भएपछि सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ । आमहड्तालले कुनैपनि पक्षमा जनतालाई फाइदा नपुग्ने भन्दै यसको विकल्प खोज्नुपर्नेमा त्यसो नगरेर नेकपा दाहाल नेपाल समूहले गल्ती गरेको सामाजिक संजालमा जनताका भावना ब्यक्त भएका छन् । अहिले प्रचण्ड–माधव समूहमा रहेर हड्तालको नेतृत्व गरिरहेकाका नेता योगेश भट्टराईले बन्द हड्तालले जनमत हैन त्रास मात्रै बढाउँछ भनि केहिसमयअघि सामाजिक सञ्जालबाट बन्दको विरोध गरेको पोष्ट समेत भाइरल भइरहेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले समेत सामाजिक सञ्जाल मार्फत व्यक्तिगत स्वार्थका लागि जनतालाई दुख दिने नेताको क्रियाकलाप सैह्य नहुने चेतावनी दिएका छन्् । हड्तालका कारण आम नागरिकको दैनिकी कष्टकर बनेको मात्र छैन अर्थतन्त्रमा समेत ठूलो क्षती पुगेको छ । कोरोनाले थिलथिलो बनाएको जनताको दैनिकी र देशको अर्थतन्त्रलाई आमहड्तालले झनै नकरात्मकता तर्फ धकेलेको छ । कानुनी रुपमा सत्ता मै बसिरहेको दलको एउटा समूह, पार्टी भित्रको आन्तरिक विवादलाई व्यवस्थापन गर्न नसकेर जनतालाई नै दःुख दिने गरी हड्तालमा उत्रिदा दैनिक ज्यालामजदुरी गरी गुजारा चलाउने नागरिकलाई सास्ती भएको छ ।

स्थिरोन्मुख राजनीति एकाएक अस्थिरताको भूमरीमा फस्दै गएको, सत्तारुढ दलले नै गरेको बन्दले पुष्टि गरेको छ । लामो समयको लकडाउन र कोरोना महामारीका कारण आक्रान्त बनेको जनजिवन र अर्थतन्त्रमा राजनीतिक अस्थिरताको प्रत्यक्ष असर परेको छ । हड्तालका कारण व्यापार व्यवसाय, रोजगारी, ढुवानी जस्ता अर्थतन्त्रसँग जोडिएका क्षेत्रहरु बन्द रहँदा एकदिनमै अर्बौँको क्षति भएको छ । कोरोनाको कारण कतिपयको रोजगारी गुम्यो भने कतिपय आंशिक तलबमै काम गरे । कोरोनाकै कारण शतप्रतिशत उद्योगधन्दा अझै पनि चलिरहेका छैनन् । त्यसमाथि आफ्ना माग पूरा गराउने माध्यम बन्द हड्ताललाई बनाइँदैछ, सिथिल अर्थतन्त्र र नागरिकको दैनिकी उकास्न भूमिका खेल्नुपर्ने बेलामा सर्वसाधारणको रोजीरोटी नै खोस्ने गरी बन्द गराइएको छ ।

Advertisement

नयाँ संविधान निर्माणपछि आर्थिक विकासलाई प्राथमिकतामा राखेर बन्दहड्ताल, चक्काजाम जस्ता क्रियाकलाप नगर्ने राजनीतिक दलहरुले प्रतिबद्धता जनाएका थिए । तर त्यो प्रतिबबद्धता जनाउने मध्येको एक समूह नेकपाको दाहाल नेपाल समूहले आफ्नै प्रतिबद्धताको धज्जी उडाएको छ । जनताको अधिकारको लागि भनिएको आन्दोलनबाट जनतालाई आफैबाट झनै टाढा पुर्याउने काम गरेको छ ।

 

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top