किशोरीमा रक्तअल्पता हुन नदिन आइरन चक्की खुवाउने अभियान

२२ माघ ७७, शुक्रबार

२३ माघ, तनहुँ ।
किशोरीमा रक्तअल्पता हुन नदिन तनहुँको व्यास नगरपालिकाले आइरन चक्की खुवाउने अभियान शुरु गरेको छ ।

नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सबै विद्यालयका किशोरीलाई आइरन चक्की खुवाउने अभियान शुरु गरेको हो । माघको पहिलो बुधबारबाट यो अभियान शुरु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए।

“किशोरीमा रक्तअल्पता हुने सम्भावना बढी भएकाले किशोरीलाई अहिल्यैदेखि नै आइरन चक्की खुवाउन शुरु गरेका हौँ”, उनले भने, “सङ्घीय सरकारले यसलाई अभियानकै रूपमा सञ्चालन गरेको छ ।”

किशोरीलाई प्रत्येक बुधबार विद्यालयमै आइरन चक्की खुवाइन्छ । त्यसका लागि स्वास्थ्य शाखाले विद्यालय नजिक रहेको स्वास्थ्य संस्थामा आइरन चक्कीको व्यवस्थापन गरेको छ ।

स्वास्थ्य संस्थाले विद्यालयको समन्वयमा किशोरीलाई आइरन चक्की खुवाउने व्यवस्था मिलाउनेछन् । नगरपालिकाभित्र ७५ सामुदायिक र ४३ निजी विद्यालय छन् । सोतीका अनुसार १० देखि १९ वर्षभित्रका किशोरी तथा युवतीलाई आइरन चक्की खुवाइनेछ ।

बाल्यावस्थापछि मानव शरीरमा हुने वृद्धि र विकासको दृष्टिकोणले दोस्रो महत्वपूर्ण अवधिको रूपमा लिइन्छ । किशोरावस्था भन्नाले बाल्यावस्था र वयस्क अवस्थाबीचको मानव विकासको चरणलाई जनाउँछ ।

विश्व स्वास्थ्य सङ्गठनले १० देखि १९ वर्षको उमेर समूहलाई किशोरावस्था भनी परिभाषित गरेको छ । पोषणतत्व अधिक आवश्यकता हुने भएता पनि विभिन्न कारण ९सामाजिक, सांस्कृतिक, आर्थिक, जीवनस्तर परिवर्तन, मनोवैज्ञानिक आदिले गर्दा पोषणयुक्त खानपानमा कमी हुने हुँदा न्यून पोषणको जोखिम हुन्छ, जसमध्ये रक्तअल्पता पनि एक हो ।

रक्तअल्पता भनेको शरीरमा रगतको कमी भएको अवस्था हो । रक्तअल्पताका कारणहरुमध्ये आइरनको कमी एक प्रमुख कारण हो ।(रासस)

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top