दरबारमार्ग आसपासमा सार्वजनिक गाडी प्रवेशमा रोक, चक्रपथभित्र बस चलाउन निषेध

२३ माघ, काठमाडौँ । हिजो नेकपाको प्रचण्ड-नेपाल समूहको आमहड्तालले हैरान खेपेका नागरिकले आज पनि सास्ती पाउने भएका छन् । अहिले काठमाडौँको दरबारमार्ग आसपासमा सार्वजनिक गाडीलाई प्रवेशमा रोक लगाइएको छ ।

Advertisement

नारायणहिटीको अगाडिपट्टि आज नेकपाको केपी शर्मा ओली समूहले जनसभा गर्दैछ । यसकै कारण सार्वजनिक गाडीलाई प्रवेशमा रोक लगाइएको हो । अहिले यो मार्ग भएर साना निजी गाडी भने चलिरहेका छन् । यस्तै, जनसभालाई ध्यानमा राखेर दरबारमार्ग क्षेत्र हुँदै चल्ने गाडीलाई ठाउँ-ठाउँबाट डाइभर्सन गरिएको छ ।

जयनेपाल हल, माइतीघर मण्डला, थापाथली, सिंहदरबार, त्रिपुरेश्वर, लैनचौर, सोह्रखुट्टे, पुतलीसडक, कृष्ण पाउरोटी, पद्मोदयमोडलगायतका क्षेत्रबाट गाडी डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

Advertisement

यस्तै, यात्रुवाहक ठूला सार्वजनिक बसलाई चक्रपथभित्र चलाउन पनि दिइएको छैन । जनसभाका कारण बढ्ने चापलाई मध्यनजर गर्दै यात्रुवाहक बसलाई चक्रपथमा मात्रै चलाउन दिइएको महाशाखाले जनाएको छ ।
ओली समूहको जनसभामा आउन काठमाण्डौका ठाउँ-ठाउँमा अहिले नेता कार्यकर्ता भेला हुन थालेका छन् ।

जिल्ला बाहिरबाट पनि नेता कार्यकर्ता काठमाण्डौ आउँदै छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top