‘निरङ्कुश राजतन्त्रको प्रेतात्मा जगाउन नारायणहिटी पुगे ओली’

धादिङ: नेकपा प्रचण्ड-माधव समूहका नेता तथा स्थायी समिति सदस्य योगेश भट्टराईले अस्तित्व नै मेटिएको निरङकुश राजतन्त्रको प्रेतात्मा जगाउन प्रधानमन्त्री केपी शर्मा ओली नारायणहिटी पुगेको आरोप लगाएका छन् ।

संसद विघटनको विरोधमा नेकपा प्रचण्ड-माधव समूहको आयोजनामा धादिङवेसीमा भएको विरोधसभालाई सम्वोधन गर्ने क्रममा नेता भट्टराईले यस्तो बताएका हुन् ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मण्डले शैलीमा कार्यकर्ता परिचालन गरेको र पुर्वपञ्चहरुकै शैली टिपेर नारायणहिटीमा आमसभा आयोजना गरेको उनले बताए ।

नेकपा ओली समूहको नारायणहिटी दरवार परिसरमा आयोजित आमसभालाई लक्षित गर्दै भट्टराईले भने, ‘नारायणहिटी अगाडि जुन नाटक मन्चन भइरहेको छ केपी ओली समूहको त्यो अन्तिम नाटक हुनेछ । अहिले केपी ओलीलाई पुर्वपञ्चहरुले साथ दिइरहेका छन्, उ बेलाको मण्डले प्रवित्तिकै झल्को दिने गरी ओलीका मण्डलेहरु ओली आई लभ यू भन्दै सहर घुमिरहेका छन् । जसरी राजतन्त्र अन्त्यको साक्षी बसेको छ नारायणहिटी, त्यसरी नै ओलीको अन्त्यको पनि त्यही नारायणहिटी साक्षी बस्नेछ ।’, याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

भर्खरको समाचार

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

सम्बन्धित समाचार

Scroll to Top