×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

फेरियो ओलीको बोली

२५ माघ, काठमाडौँ । नारायणहिटी दरबारको गेटमा मञ्च राखेर आमसभा गर्ने घोषणा हुनासाथ प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अन्यथा’ टिप्पणी गरिए। केहीअघि मात्र उनले कम्युनिस्ट प्रधानमन्त्रीको परम्परा तोड्दै पशुपतिनाथको पूजाअर्चना गरेका थिए।

सुनको जलहरी बनाउने प्रधानमन्त्रीको घोषणाको विरोध गर्ने परम्परावादीकै कित्तासमेत जन्मिएको थियो। कसैले मुख खोलेरै भन्थे, ’माघ २३ गते दरबारको गेटबाट प्रधानमन्त्रीले धार्मिक विषयमा केही बोल्नेछन्।’

Advertisement
Advertisement

पार्टीको विभाजित समूहलाई थर्काउन पूर्वराजाको ढोका छान्नुको भित्री कारणको अनुमान मान्छेपिच्छे फरक थिए। सबैभन्दा ठूलो कुरा त प्रधानमन्त्रीले पुष्पकमल दाहाल-माधवकुमार नेपाल खेमालाई साविकभन्दा कडै आलोचना गर्ने सबैजसोको अड्कलबाजी थियो। तर, भयो ठीक उल्टो। प्रधानमन्त्रीले धर्मको ’ध’ सम्म उच्चारण गरेनन्।

पूर्वराजाको पुरानो बिर्ताबाट गणतन्त्रको दीर्घ भविष्यप्रति कडा प्रतिबद्धता जनाए। र, सबैलाई छक्क पार्ने गरी दाहाल-नेपालप्रति कटु वचन प्रयोग गरेनन् । जति बोले, सरकार कसरी जनतासम्म छिर्नसक्छ भन्नेमा केन्द्रित भए।ओलीको फेरिएको यो बोलीले राम्र प्रशंसा बटुलेको छ।

दुई खेमामा विभाजित नेपाल कम्युनिस्ट पार्टीको कुनै एक पक्षबाट सभा-सम्मेलन वा प्रदर्शन हुन लाग्यो भने राजनीतिक गतिरोध अन्त्यका लागि नेतृत्वबाट कस्तो धारणा आउँछ भन्ने अपेक्षा सर्वसाधारणले गर्न छाडिसकेका थिए।

कार्यकर्तापंक्तिमा पनि नेताबाट रचनात्मक भूमिकाको सट्टा विपक्षीलाई खुइल्याउन भाषणमा कस्ता शब्द प्रयोग भए र भोलि यही भाषणलाई कसरी भाइरल बनाउन सकिन्छ भन्नेतर्फ मात्रै ध्यान जान थालेको थियो।

गालीगलौजमा प्रयोग भएका कतिपय शैली र शब्द समाजमा प्रयोग गर्नसमेत हिच्किचाउनुपर्ने किसिमका थिए। तर, नेकपा सत्तापक्षीय खेमाले शुक्रबार राजधानीमा आयोजना गरेको जनसभाले भने सर्वसाधारणले अनुमान गरेभन्दा फरक सन्देश दियो।

अर्थात् विपक्षीलाई गालीगलौज गरेर मात्रै ताली पाउन सकिन्छ भन्ने गलत अभ्यासलाई चुनौती दिँदै शालीन र भद्र शैलीमा सभा सम्पन्न भयो। यो सकारात्मक अभ्यासले अन्ततः सभाको गरिमा बढायो।

Advertisement

विगतमा एकै पार्टीमा रहँदा देउतासरह पुजेका नेतालाई फरक गुटमा लागेकै आधारमा दानवीय व्यवहार गर्दै निम्नस्तरको गालीगलौजमा उत्रने गलत परिपाटी अन्त्यका लागि सभाले सकारात्मक भूमिका खेलेको छ। आज अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको सम्पादकीयको अंश ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top