आज देशभर घाम लाग्ने, काठमाडौंको तापक्रम १ डिग्री सेल्सियस मापन

२५ माघ, काठमाडौँ । शनिबार पानी परेपछि काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आइतबार बिहान ह्वात्तै घटेको छ ।

Advertisement

शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५ दशमलव ७ डिग्री सेल्सियस थियो। आइतबार बिहान भने काठमाडौंको तापक्रम १ डिग्री सेल्सियस मापन भएको छ।

आकाश खुलेको र हिमालतिरबाट चिसो हावा आएकाले तापक्रम ह्वात्तै घटेको हो। काठमाडौंका केही ठाउँमा बाक्लो तुषारो पनि परेको छ।

Advertisement

बिहानको तापक्रम घटे पनि दिउँसो भने घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकी मौसमविद् सजिना शाक्यले आज देशभरि घाम लाग्ने बताइन्।

Advertisement

’पश्चिमी वायुको प्रभाव सकिएको छ। अहिले तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ। दिउँसोतिर घाम लाग्छ,’ उनले भनिन्,‘केही दिन मौसम सफा हुने देखिन्छ।’

बिहीबारदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएको थियो भने देशका अधिकांश भागमा पानी परेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top