अमेरिकाले कोभिड १९ विरुद्धको खोप अभियानमा सेना परिचालन गर्ने

२५ माघ, एजेन्सी । संयुक्त राज्य अमेरिकाले अमेरिकामा हालै सुरू भएको कोभिड १९ विरुद्धको खोप दिने प्रयोजनका लागि सहयोग गर्न सेना परिचालन गर्ने भएको छ।

पछिल्लो समयमा अमेरिकामा कोभिडका कारण ज्यान जाने नागरिकको संख्या दिन प्रतिदिन बढ्दै गएकोले यसको सङ्क्रमणलाई कम गर्न यसका विरूद्धको खोप लगाउने कार्यक्रमलाई गति दिन थालिएको बताइएको छ।

अमेरिकाको फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीले सेना परिचालनका लागि गरेको अनुरोधलाई रक्षा मन्त्रालयले स्वीकार गरेको छ। अमेरिकी रक्षामन्त्री लियोद अस्टिनसँग उक्त फेडरल ब्युरोले सेनाको सहयोगका लागि अनुरोध गरेको र उनले यसलाई स्वीकार गरेको समाचारमा जनाइएको छ।

Advertisement

सहयोगअन्तर्गत अमेरिकी रक्षा मन्त्रालयले सो इमर्जेन्सी विभागका लागि एक हजार ११० जना सैनिक खटाउने भएको जानकारी गराइएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले यही फेब्रुअरी १५ सम्ममा देशभर सबै नागरिकलाई आम रूपमा यो खोप दिने प्रयोजनका लागि कम्तीमा पनि १०० वटा खोप केन्द्रहरू सार्वजनिक स्थलमा राखिने बताएका छन्।

यसका लागि सेनाले सैनिक चिकित्सकहरू र स्वास्थ्यकर्मी खटाउने भएको अधिकारीले जानकारी दिएका छन्। अमेरिकामा पछिल्लो समयमा कोभिड १९ का संक्रमितहरूको संख्या बढ्दै गएको र मृत्यु हुनेको संख्या पहिलेका तुलनामा झनै बढ्न थालेकाले यसका विरूद्धको खोप लगाउने प्रक्रियालाई थप गति दिनुपर्नेमा जोड दिइएको बताइएको छ। (रासस/सिन्ह्वा)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top