भागरथीको हत्यापछि गाँउ शोकमा, कुनै कमीकमजोरी हुन नदिन संवेदनशील भएर काम गर्दैछौँः प्रहरी

२५ माघ, बैतडी । बैतडीकी १७ वर्षकी भागरथी भट्टको हत्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वसन्तबहादुर कुँवरले गहिराइमा पुगेर अनुसन्धान भइरहेको बताए । उनले हत्याको विभिन्न कोणबाट अनुसन्धान थालिएकाले अहिले नै अनुसन्धानको विषयमा जानकारी खुलाउन नमिल्ने बताए ।

उनले दोषीलाई कारबाही हुनेमा ढुक्क हुन पनि आग्रह गरेका छन् । ‘हामी अनुसन्धानको गहिराइमा पुग्छौँ, कुनै कमीकमजोरी हुन नदिन संवेदनशील भएर काम गरिरहेका छौँ, जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयसँगको समन्वयमा छानबिन भइरहेको छ’ उनले भने ।

प्रहरीले भागरथीको हत्या परिचित व्यक्तिले नै गरेको हुन सक्ने आशङ्का गरेको छ । तर, अनुसन्धानमा बाधा पुग्ने भन्दै यसबारे थप जानकारी केही दिएको छैन । भागरथीको शवसँगै भेटिएको मोबाइल र त्यसको कल डिटेलबारे अनुसन्धान गर्न विशेष टोली खटिएको छ भने नजिकका आफन्त र साथीभाइसँग पनि प्रहरीले सोधपुछ थालेको छ ।

बैतडीको दोगडा(केदार गाउँपालिका(७ की भागरथीको गएको बिहीवार शव भेटिएको थियो । बुधवार विद्यालय गएकी भागरथी घर नफर्केपछि खोजी गर्ने क्रममा भोलिपल्ट जंगलमा शव भेटिएको थियो । उनको बलात्कारपछि हत्या भएको हुनसक्ने अनुमान गरिएको छ । कपडा च्यातिएको, शरीरमा नीलडाम र घाउ भएको अवस्थामा भागरथीको शव भेटिएको थियो ।

भागरथीका आफन्त तथा परिवारले न्यायको लागि गुहार मागेका छन् । भागरथीका बुबाको दुई महिनाअघि निधन भएकाले परिवारमा थप पीडा परेको छ । भागरथीको हत्यापछि गाउँ नै अहिले शोकमा डुबेको छ ।

बलात्कार र हत्याको विरोधमा आवाज उठ्दै आए पनि यस्ता घटना रोकिएका छैनन् । अझै कतिपय घटनामा त पीडितले न्याय नै पाउन सकेका छैनन् । यस अघि २०७५ साल साउन १० गते कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । तर, लामो समयदेखि यो घटनाको अनुसन्धान चले पनि दोषी पत्ता लागेको छैन । यसले प्रहरी प्रशासनमाथि प्रश्न समेत उठेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top