भोलिदेखि सञ्चारकर्मीहरूलाई कोरोनाविरुद्धको खोप लगाइने

२४ माघ ७७, आइतबार

२५ माघ, काठमाडौँ ।
सरकारले भोलि माघ २६ गतेदेखि सञ्चारकर्मीहरूलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अग्र भागमा रहेर काम गरिरहेका सञ्चारकर्मीलाई भोलिबाट खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सहमति गरिएको जानकारी दिए।

आइतबार काठमाडौँमा आयोजित ‘आमसञ्चार र श्रमजीवी पत्रकारः नीति, कार्यक्रम र बजेट’ विषयक छलफलमा सञ्चारमन्त्री गुरुङले नेपाल पत्रकार महासङ्घमा आबद्ध १३ हजार बढी पत्रकारलाई खोप लगाउने व्यवस्था गर्न लागिएको बताए ।

यसैबिच, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आइतबार पत्राचार गरी ‘माघ २६ गतेदेखि पाँच दिनका लागि अग्रपङ्क्तिमा रहेर काम गर्ने सञ्चारकर्मीका लागि कोभिड १९ विरुद्धको खोप अभियान सुरु हुने भएकाले खोप प्राप्त गर्नुपर्ने सम्पूर्ण सञ्चारकर्मीहरूको विवरण खोप सचिवालय स्वास्थ्य सेवा विभागमा उपलब्ध गराई दिन अनुरोध गरेको छ ।

Advertisement

काठमाडौँको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा खोप लगाउने व्यवस्था मिलाइएको छ । मन्त्री गुरुङले जोखिममा रहेर काम गरिरहेका सञ्चारकर्मीहरूलाई सरकारले उच्च प्राथमिकता दिएर निःशुल्क खोप लगाउने व्यवस्था गरेको बताए ।

मन्त्री गुरुङले कोरोना प्रभावित पत्रकारहरूका लागि राहतको व्यवस्था गर्ने उल्लेख गर्दै आवश्यक सुझाव दिन नेपाल पत्रकार महासङ्घलगायतका सम्बन्धित सङ्घ, सङ्गठनहरूलाई आग्रह गरे ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top