त्रिकोणात्मक क्रिकेट शृखंलाका लागि नेपाली टोली अभ्यासमा

२५ माघ ७७, आइतबार

२५ माघ, काठमाडौँ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिका,ओमान र नेपाल सम्मिलित त्रिकोणात्मक एक दिवसीय शृखंलालाई लक्ष्य राखेर अभ्यास थालेको छ । खुला प्रतिस्पर्धाबाट नेपाली टोलीको प्रशिक्षक नियुक्त भएका अस्ट्रेलियन प्रशिक्षक डेभ वाटमोरले प्रारम्भिक २१ खेलाडीलाई समावेश गरेर अभ्यास थालनि गरेका छन् ।

Advertisement

एक साता अघि मात्र सम्पन्न प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गरेको प्रदर्शनमा नेपाल क्रिकेट संघ (क्यान)ले ३२ नाम सार्वजनिक गरे पनि सुरुआती चरणमा २१ खेलाडी प्रारम्भिक अभ्यासमा बोलाएर अभ्यास थालेको हो । आगामी मार्च महिनाका लागि नेपाली टोलीले अन्तर्राष्ट्रिय भ्रमण गर्दा ओमान, अमेरिका र नेपालले त्रिकोणात्मक शृखंला खेल्दै छन । विश्व भर महामारीको रुपमा लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपाली क्रिकेट तालिका अनुसार अगाडि बढ्न सकेको थिएन । ओमानमा हुने शृखंलालाई लक्ष्ति गरेर सुरुआती चरणमा प्रारम्भिक टोलीलाई अभ्यासमा थालेको नव नियुक्त प्रशिक्षक डेभ वाटमोरले बताए ।

Advertisement

पहिलो चरणमा क्याम्पमा बोलाइएका युवा खेलाडीमा सम्भावना भएको भन्दै प्रशिक्षक डेभ वाटमोरले नेपाली टोलीमा जोश जाँगर भएका युवा खेलाडी भएकाले राम्रो नतिजा निकाल्न सक्ने थपे ।

यस्तै उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्दै नाम कमाएका पृथु बास्कोटा क्यानले घोषणा गरेको प्रारम्भिक टोलीमा समावेश भएका छन् । एक साता अघि सम्पन्न प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको आधारमा प्रारम्भिक टोलीमा समावेश भएका हुन् । करिब चार वर्ष पछि राष्ट्रिय टोलीको प्रारम्भिक चरणमा स्थान बनाएका पृथुले राम्रो खेलेर टोलीमा अटाउन प्रयास गर्ने बताए ।

Advertisement

यस्तै राष्ट्रिय टोलीमा पहिलो पटक क्याम्पमा परेका विवेक यादव र अर्जुन कुमालले पनि राम्रो प्रदर्शन गरेर टोलीमा अटाउन प्रयास गर्ने बताए ।

विवेक र अर्जुनले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको आधारमा छनोटमा परेका हुन । घोषणा भएका ३२ खेलाडी मध्येका शरद भेषवाकार, अभिनास बोहोरा, आरिफ शेख, दीपेन्द्र सिंए ऐरी, सोमपाल कामी, कुशल मल्ल, करण केसी, सन्दीप लामिछाने, विनोद भण्डारी, पारस खड्का र ज्ञानेन्द्र मल्ल केही दिन पछि जोडिने छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top