भारतको उत्तराखण्डमा हिमताल फुट्यो, १५० भन्दा बढी बेपत्ता भएको आशंका

२५ माघ, काठमाडौं ।
भारतको उत्तराखण्ड राज्यमा एक हिमताल फुट्दा दर्जनौं ब्यक्ति बेपत्ता भएका छन् । हिमताल फुटेपछि गएको बाढीले बाँध फुट्दा ऋषिगंगा जनविद्युत आयोजनाको ड्याममा कार्यरत एक सय १५० भन्दा बढी ब्यक्ति बेपत्ता भएको जनाइएको छ ।

Advertisement

उत्तराखण्डको चमोली जिल्ला भएर बग्ने धौलीगंगा नदीमा बाढी आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उक्त क्षेत्रबाट केही कामदारलाई उद्धार गरिएको उत्तराखण्डका प्रहरी प्रमुख अशोककुमारले बताए ।

चमोलीदेखि हरिद्वारसम्मका नदी तटीय क्षेत्रका गाउँबाट सर्वसाधारण खाली गराइएको छ । चमोली जिल्लामा उद्धारकर्मी तथा सेना परिचालन गरिएको छ ।

Advertisement

अधिकारीहरुले बाढी गएको क्षेत्र वरिपरिका ग्रामीण इलाका खाली गराएका छन् । सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा बाढीले ठूलो क्षति पुर्याइएको देखिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top