×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

भागरथी भट्टको हत्या : बलात्कारपछि हत्या भएको निष्कर्षसहित अनुसन्धान

२६ माघ २०७७

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या बलात्कारपछि भएको पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्टमार्टमले भागरथीको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको हो ।

पोस्टमार्टममा संलग्न चिकित्सकले बलात्कारपछि उनको हत्या भएको रिपोर्ट प्रहरीलाई दिएको प्रहरी स्रोतले भनेको छ । स्रोतका अनुसार उनले प्रतिकार गर्दा टाउको र हातमा चोट लागेको, घाँटीमा पनि निलडाम देखिएको, यौनांगमा पनि घाउ रहेको पाइएको छ ।

Advertisement
Advertisement

‘हिजोसम्म हामी हत्या मात्रै वा बलात्कारपछि हत्या भन्ने कुरामा द्विविधामा थियौं । अब बलात्कारपछि हत्या भन्नेमा पुग्यौं,’ उनले भने । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख उत्तमराज सुवेदीले पनि घटनास्थल पुगेर अनुसन्धानको निरीक्षण गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले बलात्कारपछि हत्या भएको निष्कर्षसहित अनुसन्धान गरिरहेको बताए । उनले भने, ‘पोस्टमार्टम रिपोर्ट आइसकेको छैन । भागरथीमाथि बलात्कार भए नभएको त्यो रिपोर्टपछि पुष्टि हुन्छ । तर हामी बलात्कारपछि हत्या भएको आशंकासहित अनुसन्धान गरिरहेका छौं ।’

उनले यो जानकारी दिँदा पोस्टमार्टम रिपोर्ट आइसकेको थिएन । गत बिहीबार मृत फेला परेकी भागरथीको बलात्कारपछि हत्या भएको हुन सक्ने परिवारले आशंका गरेपछि शुक्रबारदेखि नेपाल प्रहरीका एसएसपी जनकराज पाण्डे नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

Advertisement
Advertisement

यस्तै नेपाल प्रहरीको केन्द्रय अनुसन्धान ब्युरो (सीआईबी)ले पनि घटनाको अनुसन्धान गरिरहेको छ । हालसम्म शंकास्पद सात जनामाथि सोधपुछ गरिसकिएको प्रहरी निरीक्षक धामीले बताए । भागरथीले प्रयोग गर्ने मोबाइल, उनको फेसबुकलगायतको विश्लेषणसमेत प्रहरीले गरिरहेको छ ।, आजको राजधानी दैनिकमा समाचार छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top