उत्तराखण्डमा हिमनदी विस्फोट : सयौं हराइरहेको आशंका, एक नेपालीसहित ८ जनाको मृत्यु भएको पुष्टी

२६ माघ २०७७, सोमबार
Share this
684shares

२६ माघ,एजेन्सी।

Advertisement

भारतको उत्तराखण्ड राज्यमा हिमपहिरो सहितको पहाड नै नदीमा खसेपछि आएको बाढीले बाँध भत्किदा सयौं मानिस हराइरहेका छन् भने कयौंको मृत्यु भएको आशंका गरिएको छ ।

उत्तराखण्डस्थित सो बाँध भत्किएपछि तल्लो तटीय क्षेत्रमा ठूलो बाढी पसेको हो । अधिकारीहरूका अनुसार १ सय २५ जनाभन्दा बढी स्थानीयहरू हराएको आशंका गरिएको छ । बाढीको भेल तीव्र गतिमा बस्तीहरुमा पसेपछि धेरै नोक्सानी पुर्‍याएको छ । चमोली जिल्लाको धौलीगंगा नदीमा आएको बाढीले बाँध भत्काएको हो ।

Advertisement

हराइरहेकामध्ये अधिकांश सो स्थानमा रहेको जलविद्युत्‌ आयोजना निर्माणमा संलग्न मजदुरहरू रहेको बताइएको छ । बाढी तीब्र गतिमा अनायासै आएकाले कसैलाई सचेत गराउन नभ्याएको स्थानीयले बताएका छन् । हालसम्म ८ जनाको शव फेला परेको छ ।तीमध्ये एक जना नेपाली भएको सिंहले कान्तिपुरलाई बताए । उनका अनुसार ती नेपालीको नाम र ठेगाना खुलेको छैन । मृत्यु हुने सबै तपोवनस्थित नेसनल थर्मल पावर कर्पोरेसन (एनटीपीसी) को जलविद्युत् परियोजनामा कार्यरत मजदुर हुन् ।

ऋषिगंगा जलविद्युत परियोजनाको सुरुङभित्र काम गरिहरेका ५० जना मजदुरको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । सुरुङमा फसेका १६ जनासहित अन्य थुप्रैलाई उद्दार गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top