एयरलाइन्सलाई ३० दिनभित्र बक्यौता भुक्तानी गर्न क्यानको ताकेता

२६ माघ, काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले वर्षाैँदेखि करोडौँ बक्यौता नतिर्ने एयरलाइन्सलाई ३० दिनभित्र भुक्तानी गर्न ताकेता गरेको छ ।

क्यानले सोमवार (आज) सार्वजनिक सूचना जारी गर्दै उडान सेवा बन्द भएका एयरलाइन्सले क्यान र विमानस्थल कार्यालयलाई तिर्नुपर्ने सेवा शुल्क तथा रोयल्टी बुझाउन आग्रह गरेको हो । क्यानका अनुसार यसरी उडान सेवा बन्द भएका आन्तरिक उडानका ११ एअरलाइन्सले नौ करोड रुपैयाँ बक्यौता बुझाउन बाँकी छ ।

एअरलाइन्सले क्यानलाई बुझाउनुपर्ने रकम पटक–पटक सूचना गर्दा पनि नबुझाएकाले फेरि सूचना जारी गर्दै बन्द भएका एअरलाइन्सका सञ्चालकलाई तत्काल बाँकी रकम भुक्तान गर्न निर्देशन दिएको हो । उनीरूलाई सूचना प्रकाशित भएको मितिले ३० दिनभित्रमा रकम र नियमअनुसार लाग्ने विलम्ब शुल्कसमेत बुझाउन भनिएको छ ।

यदि प्राधिकरणले निर्धारण गरेको रकम तिर्न नपर्ने कुनै प्रमाण भएमा त्योसमेत पेस गर्न आग्रह गरिएको छ । तोकिएको समयमा पनि हिसाब मिलान वा रकम बुझाउन नआएमा सञ्चालकलाई कालोसूचीमा राखिने प्राधिकरणले चेतावनी दिएको छ ।

कालोसूचीमा परेका सञ्चालकले भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कुनै किसिमको काम कारबाही तथा व्यापार व्यवसायमा सहभागी हुन नपाउने प्राधिकरणले उल्लेख गरेको छ ।

सबैभन्दा धेरै नेकोन एअरको बक्यौता चार करोड ७० लाख ६० रुपैयाँ छ । त्यस्तै कस्मिक एअरको तीन करोड ४७ लाख रुपैयाँ बाँकी रहेको छ । त्यस्तै शिवानी एअरको ५५ लाख ५१ हजार, गोरखा एअरको २० लाख, कर्णाली एअरको १७ लाख ४६ हजार, माउन्टेन एअरको १७ लाख ४६ हजार, साङ्ग्रिला एअरको १५ लाख ३७ हजार, स्काइलाइन एअरको १५ लाख ५० हजार, एअर काष्टमण्डपको सात लाख ३८ हजार, नेपाल एअरवेजको पाँच लाख ५० हजार र अल्पाइन एयरको ७२ हजार रुपैयाँ रहेको छ । अहिले नेपालमा १० हेलिकप्टर कम्पनीसहित १९ वायु सेवा प्रदायक कम्पनीले आन्तरिक उडान भर्दै आएका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top