चिठ्ठा परेको भन्दै ठगी गर्ने ब्यक्ति १३ लाख सहित पक्राउ

२६ माघ, झापा ।
चिठ्ठा परेको भनी प्रलोभन देखाएर ठगी गर्ने १ जनालाई जिल्लाप्रहरी कार्यालय झापाले पक्राउ गरेको छ । अनलाइनबाट चिठ्ठा परेको सामग्री भन्सारबाट छुटाउन राजश्व लाग्ने भन्दै बिभिन्न बैकहरुको खाता नम्बर दिएर बिभिन्न ब्यक्तिहरुबाट रकम ठगी गर्ने झापा अर्जुनधारा ९ का २९ बर्षीय पंकज पौडेली बि.क पक्राउ परेका हुन् ।

पौडेलीले अनलाइनको माध्यमबाट ठगी गरेको भनी महानगरीय अपराध महाशाखा काठमाण्डौमा ठगी मुद्दा दर्ता भएसंगै खोजतलासमा खटिएको ईलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले बिर्तामोड नगरपालिका २ बाट उनलाई पक्राउ गरेको हो । पक्राउ परेका बि.क.को साथबाट नगद ३ लाख ५६ हजार ७ सय १० रुपैयाँ तथा उनको घरकोठामा रहेको दराज भित्रवाट २ लाख ८ हजार २ सय रुपैयाँ र पौडलीको घर पछाडीको गाई ग्वाली छेउमा रहेको गोवरको थुप्रो भित्र झोलामा प्याकिङ गरी गाडिएको अवस्थामा ८ लाख ३० हजार ३ सय ५० रुपैयाँ गरी जम्मा १३ लाख ९५ हजार २ सय १५ रुपैयाँ नगद बरामद भएको छ ।

यसैगरी पौडेलीको नाममा दर्ता कायम रहेको सवारी दर्ता किताव १ थान ,विनोद काफ्लेको नामको सवारी चालक अनुमतिपत्र १ थान ,अनिल बस्नेतको नामको सवारी चालक अनुमतिपत्रको प्रतिलिपी, पंकज पौडेलीको नामको नागरिकताको प्रतिलिपी १ थान र सिम सहितको २ थान बरामद भएको छ । बिकलाई थप अनुसन्धानको लागि महानगरीय अपराध महाशाखा काठमाडाँै पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top